back
NMB ad

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बाँडफाँड : ८ जना भाग्यशालीले पाए ११ कित्ता शेयर

Kumari bank ad

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका आज बुधबार क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १३ लाख ५६ हजार ३ सय ४१ जना आवेदकबाट १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ताको लागि परेको थियो । तर ७ हजार ९ सय ९९ जनाको आवेदन रद्द भएकोले कुल योग्य आवेदकको संख्या १३ लाख ४८ हजार ३ सय ४२ जना मात्र रहेको क्यापिटलले जनाएको छ ।

आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ४८ हजार ३ सय ४२ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ४ लाख २४ हजार ८ सय ९३ जनाले शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कितात शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले फागुन २६ गतेदेखि ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि यसअघि नै बाँडफाँड गरि सकेको छ ।

वि.सं.२०७९ चैत ८ बुधवार १०:०७ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...