back
NMB ad

डोल्पा अस्पतालको पीडाः सडक,पुल नहुँदा बाटो मै बिरामीको हैरानी

Kumari bank ad

हेमन्त केसी, सुर्खेत  । जिल्ला अस्पताल डोल्पामा दुइ वटा एम्वुलेन्स छन्  तर अस्पताल सम्म जान र आउन भने पाउदैनन् ।

अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्वुलेन्स भेरी नदी पारी पट्टी थन्क्याउनु पर्ने बाध्यता रहेको छ । दुइ मध्य एक एम्वुलेन्स वर्ष दिन अघि देखि सञ्चालनमा छैन । अर्को एम्वुलेन्सले भेरी नदी पारी पट्टी सम्म मात्र सेवा दिने गर्दछ । झण्डै एक किलोमिटर टाढाको दुरीमा एम्वुलेन्सबाट बिरामी झारेर स्टेचरको माध्यमबाट विरामीलाई अस्पतालसम्म लिने र ल्याउने गरिन्छ ।

स्टेचरमा राखेर बिरामी लिन र  ल्याउन समेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठुलिभेरी नवराज थापाले बताए । अस्पतालबाट बाहिर लिनका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्स सम्म पुर्याउन समस्या हुँदै आएको छ । कतिपय गर्भवतीलाई अस्पतालसम्म ल्याउँदा ,ल्याँउदै बाटोमै सुत्केरीसमेत हुने गरेको डाक्टर सुस्मिता जोसीले बताइन् ।

अस्पताल बिरामी लिन र ल्याउन भेरी नदी बाधक देखिएको छ । भेरी नदीमा पुल निर्माण नहुदा १ किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरको भरमा मुस्किलले अस्पताल सम्म बिरामी पुर्याउने गरिएको डाक्टर जोसीले बताइन् । अहिले झोलोङगे पुलको साहरामा बिरामी तथा यहाँका सर्वसाधारणहरु वाल्लो दुनैबाट पाल्लो दुनै जाने र आउने गरेका छन् ।

साँघुरो बाटो एक किलोमिटर हिडेर अस्पताल सम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामी समस्य समाधानका लागि प्रयास जारी राखेका छौँ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भने । २५ शश्याको नयाँ अस्पतालको निर्माण कार्य जारी रहेको छ । अस्पताल निर्माणका लागि आवश्यक सामग्री लिन समेत समस्या हुँदै आएको बताइएको छ । बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरण देखि अन्य सामग्री लिन समेत समस्या रहदै आएको छ ।

स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा रहेको छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाइ जान र आउन मात्र आधा घण्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको माताहातमा जिल्ला अस्पताल रहेको छ । भेरी करिडोर भित्र दुइ वर्ष अघि मात्र डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।

ठुलिभेरी , त्रिपुरासुन्दरी नगरपालिकाबाट ल्याएइका बिरामीले सबै भन्दा बढी सास्ती भोग्दै आएका छन् ।  त्यस्तै तिब्ला सडक लिने भन्दै दुनै बजार नै जोखिममा पर्ने गरी पहाड खोलिदै छ तर अस्पताल जाने र आउने सडक निर्माण तर्फ कसैको पनि ध्यान नगएको भन्दै सर्वसाधारणहरु आक्रोषित भएका छन् ।

वि.सं.२०७९ चैत ९ बिहीवार ०७:३६ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...