back
NMB ad

जीवन विकास लघुवित्तले दोस्रो पटक घटायो लाभांश, अब कति दिने भयो ?

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले दोस्रोपटक लाभांश घटाएको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले दोस्रोपटक आर्थिक वर्ष २०७८/७९को लाभांश घटाउने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको निर्देशनमा लाभांश घटाउँदै संस्थाले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी कुल १४.९९९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १४.२८५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७१४२ प्रतिशतले हुन आउने नगद लाभांश छन्।

यसअघि गत फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको २८ प्रतिशतले हुन आउने बोनस सेयर र ९.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) गरी कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गर्दै स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। तर, राष्ट्र बैंकले बोनस सेयर र नगद लाभांश दुवै घटाउन संस्थालाई पत्राचार गरेको थियो।

राष्ट्र बैंककै निर्देशनअनुसार जीवन विकास लघुवित्तले चुक्तापुँजीको २६ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। अहिले यो लाभांश दर पनि संस्थाले घटाएको छ।

यसैबीच संस्थाको सञ्चालक समितिले आफ्नो १४ औं वार्षिक साधारणसभा पनि आह्वान गरेको छ।सभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मोरङको कटहरीस्थित वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सोही सभाले प्रस्तावित लाभांश स्वीकृत गरेपछि सेयरधनीहरुले पाउनेछन्।

वि.सं.२०७९ चैत १० शुक्रवार ०९:२९ मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...