back
NMB ad

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड : ३ लाख ५८ हजार जनाले पाए सेयर

Kumari bank ad

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो । जस मध्ये ५१ हजार ८२५ जनाको आवेदन रद्द भई योग्य आवेदकको संख्या १३ लाख ९३ हजार १५३ कायम भएको क्यापिटलले जनाएको छ । मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर निष्काशन गरिएको छ ।

गोलाप्रथाबाट ३ लाख ५८ हजार १ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । कम्पनीले चैत्र ८ गतेदेखि चैत्र १२ गतेसम्म शेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ४३ लाख ६८ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये २ लाख १८ हजार ४ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीको लागी छुट्याईएको थियो।

बाँकि रहेका ३५ लाख ८१ हजार ७ सय ६० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन्। कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ । आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने भएको छ ।

वि.सं.२०७९ चैत १७ शुक्रवार १५:४३ मा प्रकाशित

You can share this post!

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...