back
NMB ad

प्राइम लाइफद्वारा विशेष साधारणसभा आह्वान, मर्जर प्रस्ताव पारित गर्ने

Kumari bank ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकले विशेष साधारणसभा आउँदो वैशाख ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफबीचको मर्जरसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। मर्जपछि बन्ने कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले मर्जर प्रयोजनका लागि १ः१ः१ सेयर स्वाप रेसियो कायम गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ। हालसम्म भएका मर्जरसम्बन्धी सम्पूर्ण सम्झौता तथा कार्यहरु सभाले स्वीकृत गर्नेछ।

मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं वडा नं. १ मा रहने तथा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत २८ गते बुक कलोज गर्ने निर्णय गरेको छ। यसर्थ चैत २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।

वि.सं.२०७९ चैत २१ मंगलवार ११:५१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...