back
NMB ad

भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा

Kumari bank ad

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सोमबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ। नेपालमा अहिले संक्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट एक्सबीबी.१.१६ मुख्य कारक देखिएको छ।

भारतमा गत जनवरीको दोस्रो साता एक्सबीबी.१.१६ नामक नयाँ सब भेरियन्ट देखिन सुरु भएको थियो। यो ओमिक्रोनको सब भेरियन्ट रहेको विज्ञहरूले बताउँदै आएका छन्। भारतको गुजरात, तेलंगाना, महाराष्ट्र, कर्नाटक लगायतका राज्यमा फैलिएको यो भाइरस नेपालमा भारतबाट नेपाल भित्रिने नाकामा देखिएका संक्रमितहरूमा बढी देखिएको छ।

भारतमा उक्त भाइरस देखिएसँगै भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेको छ। भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले बताइन्। चैत महिनामा मात्र ३० जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिइन्।

वि.सं.२०७९ चैत २२ बुधवार ०८:०७ मा प्रकाशित

You can share this post!

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...