back
NMB ad

सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति, आजै सार्वजनिक गरिँदै

Kumari bank ad

काठमाडौं ।  सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम पारित गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम पारित गर्दै आजै साँझ पाँच बजे त्यसलाई सार्वजनिक गर्ने निणय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा गठबन्धन दलबीचसहमति जुटेको जानकारी दिए।

लोकतन्त्र, राष्ट्रियता र जनजीविकासँग जोडिएका विषयमा, सुशासनका बारेमा मुलभुत रुपमा सहमति भएको छ।’ उनले भने ‘राजनीतिक दलहरुको बीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो।

मोटामोटी रुपमा सहमति भएको छ, सबै बीचमा,’ साना तिना केही सुझाव समेटेर आजै साँझ ५ बजे अन्तिम रुप दिइने उनको भनाई छ ।

‘सानातिना सुझावहरू केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ।’

उनले भने न्यूनतम साझा कार्यक्रम तय गर्नका लागि नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट विजय पौडेल सम्मिलित कार्यदल बनेको थियो।

वि.सं.२०७९ चैत २३ बिहीवार १४:१६ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...