back
NMB ad

     कालीगण्डकी करिडोरमा धमाधम पुल बन्दै   

Kumari bank ad

ढोरपाटन  । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ ।

विसं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको निर्माण व्यवासायी कम्पनी राजेश्वरी कन्स्ट्रक्सनले पछिल्लो समय कामलाई तीव्रता दिएको हो । विसं २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चौडीखोलामा रहेको बेली ब्रिज नेपाली सेनाले नहटाउँदा काम ढिलो सुरु भएको थियो । निर्माण कम्पनीले सम्झौता गरेको करिब एक वर्षपछि मात्र काम थालेको सुपरभाइजर केशव सुवेदीले बताउनुभयो ।

अहिले ११ मिटर चौडाइ र ३५ मिटर लम्बाइ रहेको पुल ढलान गर्ने तयारी गरिएको छ । हालसम्म चौडीखोलामा ग्याबिन भर्नेलगायत करिब ४० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । पुल रु तीन करोड ८० लाख ५४ हजार लागतमा निर्माण थालिएको हो । पुल निर्माण थालिएसँगै नेपाल, भारत र चीन जोड्ने रेशमी मार्गको रुपमा रहेको कालीगण्डकी करिडोरमा यात्रा गर्न सहज हुनेछ ।

कालीगण्डकी करिडोर जैमिनी खण्डमा पर्नेे पालुङखोला, लौवाखोला र जैमिनी घाटमा पुल निर्माणको लागि प्रक्रिया अघि बढाउने तयारी थालिएको छ । पुल समयमै निर्माण नहुँदा जैमिनी नगरपालिका–७ र ८ का स्थानीयसहित कोरिडोरमा यात्रा गर्ने यात्रुले सास्ती भोग्नुपरेको उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

वि.सं.२०८० वैशाख २ शनिवार ०८:४१ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१४

काठमाडौँं, १ जेठ : नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम,...

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५६

काठमाडौँ, १ जेठ : सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत...

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५२

काठमाडौँ, १ वैशाखः सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा...

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४९

काठमाडौँ, १ जेठः सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने...

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४३

वासुदेव पौडेल  गण्डकी, १ जेठ : पृथ्वी राजमार्ग अन्तरगत पोखरा...

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४०

काठमाडौँं, १ जेठः सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने...