back
NMB ad

आठ महिनामा वाणिज्य बैंकहरुको नाफा ४८ अर्ब ८३ करोड, कुन बैंकको कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/ ०८० को ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कुल ४८ अर्ब खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा वाणिज्य बैंकहरुले कुल ४८ अर्ब ८३ करोड ७ लाख खुद नाफा कमाएका छन् ।

यस अवधिमा नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले यस अवधिमा ५ अर्ब ३२ करोड खुद नाफा कमाएको छ भने ग्लोबल आईएमई बैंकले ४ अर्ब ३७ करोड खुद नाफा कमाएको छ । त्यस्तै ४ अर्ब ५ करोड खुद नाफा सँगै एनआईसी एशिया तेस्रो स्थानमा रहेको छ । यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४९ करोड नाफा कमाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३६ करोड खुद नाफा कमाएको छ ।

त्यस्तै, एनएमबि बैंकले २ अर्ब ५० करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब ३९ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब २६ करोड, एभरेष्ट बैंकले २ अर्ब २३ करोड, प्रभु बैंकले २ अर्ब २२ करोड, नेपाल बैंकले २ अर्ब ११ करोड, कुमारी बैंकले २ अर्ब ६ करोड, सानिमा बैंकले १ अर्ब ७८ करोड, हिमालयन बैंकले १ अर्ब ७८ करोड, नेपाल एसबिआईले १ अर्ब ६४ करो, सिद्धार्थ बैंकले १ अर्ब ५५ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ४२ करोड, लक्ष्मी बैंकले १ अर्ब ३६ करोड, सिटिजन्स बैंकले १ अर्ब २५ करोड नाफा कमएको छ ।

सनराइज बैंकले सो अवधिसम्म १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कृषि विकास बैंकको खुद नाफा सबैभन्दा कम रहेको छ । कृषि विकास बैंकले यस अवधिमा ४१ करोड १२ लाख मात्र खुद नाफा कमाएको छ ।

वि.सं.२०८० वैशाख ४ सोमवार १४:२८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...