back
NMB ad

प्राधिकरणद्वारा बीमा कम्पनीहरुलाई पूँजी वृद्धि गर्न समय थप

Kumari bank ad

काठमाडौं । नेपाल बिमा प्राधिकरणले पुँजी नपुर्याउने बिमा कम्पनीलाई समय थप गर्ने भएको छ । आइतबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्न असार मसान्तसम्मको समय थप गरेको हो ।

प्राधिकरणको निर्देशन अनुसार चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन पर्ने थियो । तर अधिकांश बीमा कम्पनीहरुले प्राधिकरणले तोकिएको पूँजी पुर्याउन सकेका थिएनन।

तोकिएको समयमा बीमा कम्पनीहरुले न्युनतम पूँजी पुर्याउन नसकिएपछि बीमा प्राधिकरण समय थप गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई पूँजी बढाउन समय थप गरेको जानकारी गराए ।

प्राधिकरणको निणर्य अनुसार अब जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा न्युनतम चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।

हालसम्म जीवन बीमा तर्फ नेपाल लाइफ इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएको छ । नेपाल लाइफको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । यो प्राधिकरणले तोकिएको ५ अर्ब रुपैयाँ भन्दा ३ अर्ब २० करोड रुपैयाँले बढी हो ।

निर्जीवन बीमा तर्फ पनि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएका छन् ।

वि.सं.२०८० वैशाख ५ मंगलवार १३:४३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...