back
NMB ad

अनिर्धारित विद्यूत कटौति सम्बन्धी मोरंग व्यापार संघको ध्यानाकर्षण

Kumari bank ad

काठमाडौं । विगत केहि समययता मोरङ सुनसरी औद्योगिक कोरिडोरमा हुन थालेको अनियमित विद्यूत आपूर्तिबाट विशेष गरी उद्योगहरुमा पर्न गएको समस्या प्रति संघको गम्भिर ध्यानाकर्षण गराएको छ ।

हाल विद्यूत आपूर्तिमा देखिएका अनियमितता, लो भोल्टेजरट्रिपिङ जस्ता अपर्याप्त आपूर्ति तथा अनिर्धारित विद्यूत कटौतिहरुका कारण उद्योगहरुको संचालनमा प्रतिकूल असर पर्न गएको छ । प्राधिकरणबाट विद्यूतमा हुनेरगरिने त्यस प्रकारका अवरोधात्मक आपूर्तिहरुका कारण उद्योगहरुका प्रशोधन तथा उत्पादनमा रहने कच्चा पदार्थ नष्ट हुने, मिल मेशिनरीहरु बिग्रने तथा कामदार श्रमिकहरुको कार्य अवरोध हुने लगायतका समस्याहरु उत्पन्न भई उद्योगहरुका लागत खर्च वृद्धि हुनुका साथै उद्योगहरुलाई ठूलो आर्थिक व्ययभार थपिने परिस्थति श्रृजना हुने गरेको छ । उत्पादनमुलक उद्योगहरुका लागि अक्सीजनको रुपमा रहेको विद्यूतको आपूर्तिमा अवरोध हुँदा औद्योगिक चक्र धरासायी हुनुका साथै स्वदेशी लगानी र मुलुकको औद्योगिकिकरण चरम जोखिममा पर्न गएको छ । विज्ञप्तीमा भनिएको छ ।

यस सम्बन्धमा नेपाल विद्यूत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगको हाम्रा विगतको भेटमा उद्योगहरुका लागि पर्याप्त विद्यूत आपूर्ति गरिने आश्वासन प्राप्त भएतापनि त्यस अनुरुपका कार्य हुन नसकेकाले हामी चिन्तित छौँ ।

अतः भारतसँग विद्युत खरिद गरी होस् वा अन्य माध्यमबाट विद्यूत आपूर्ति गराउने कार्यमा प्राधिकरण चुक्न नहुने धारणा सहित कम्तिमा औद्योगिक क्षेत्रका लागि समयसापेक्षित रुपमा तदारुकताका साथ निर्वाध विद्यूत आपूर्तिको व्यवस्थापन गरी स्वदेशी उद्योग र मुलुकको औद्योगिकिकरणको संरक्षण प्रति नेपाल विद्यूत प्राधिकरणलाई उत्तरदायी हुन माग गरेको छ ।

वि.सं.२०८० वैशाख ५ मंगलवार १७:०३ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...