back
NMB ad

बचत फिर्ता नगरेको भन्दै सहकारी प्रबन्ध निर्देशकलाई जुत्ताको माला, पाँच जना पक्राउ

Kumari bank ad

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरस्थित सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाउनेहरू पक्राउ परेका छन् ।

स्थानीय बासिन्दा रामबहादुर मानन्धरको साढे तीन तले घरको दोस्रो तलामा १२ वर्षदेखि संचालनमा रहेको कृषि विकास तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै संस्थाका प्रबन्ध निर्देशकलाई मंगलबार जुत्ताको माला लगाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार काठमाडौँ महानगरपालिका ७ बस्ने वर्ष ४३ को संस्थाका प्रबन्ध निर्देशक समिर खत्रीलाई हातपात गरी कालो मोसोसमेत दली जुत्ताको माला लगाउने उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.७ धुन्चेपाखा बस्ने वर्ष ४४ को मुरारी नेपाल, ओखलढुङ्गा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष ३६ कि प्रेमकुमारी तामाङ, झापा कोहोरा गा.पा.०२ घर भई हाल गठ्ठाघर बस्ने वर्ष ३९ को कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०९ बोडे बस्ने वर्ष ६३ को गोरखबहादुर गिरी र ओखलढुङगा लिखु गा.पा.वडा नं.०४ घर भई हाल कौशलटार बस्ने वर्ष ३४ की पबित्रा तामाङ रहेका छन् ।

वि.सं.२०८० वैशाख ५ मंगलवार १७:१० मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...