back
NMB ad

दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँड गर्ने तयारी, कति जनाले पाउने भए सेयर ?

Kumari bank ad

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओ यसै साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले कम्पनीको आईपीओ यसै साता बाँडफाँड हुने जनाएको हो। डाटा भेरिफिकेसनको काम सकिएपछि सेयर बाँडफाँड गर्ने मिति र समय तोक्ने क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा १३ लाख ३९ हजार ४४० आवेदकबाट १ अर्ब ४७ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ६२ हजार ६२० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ । जसअनुसार १ लाख २७ हजार १८६ आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् । साथै, १ जना भाग्यामानीले ११ कित्ता आइपीओ पाउनेछन् ।

कम्पनीले गत चैत २८ गतेदेखि आज वैशाख ३ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । जसअनुसार १०० अंकित दरका कुल १० लाख ७२ हजार ९७२ कित्ता जारी भएको थियो।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरि सकेको छ। बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था थियो ।

वि.सं.२०८० वैशाख ६ बुधवार २२:०० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...