back
NMB ad

एसबी सोलुसन्सले नबिल बैंकमा गर्यो क्रेडिट एडमिनिस्ट्रेसन मोड्युल सफलतापूर्वक लाइभ

Kumari bank ad

काठमाडौं । नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी एसबी सोलुसन्स प्रालिले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेसन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ।

एसबी सोलुसन्सले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्वपुर्ण मोड्युल हो, क्याड मोड्युल। नबिल बैंकमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसँगै करिब एक वर्षभन्दा बढी समयदेखि यसको नियमित रुपमा उपयोग भइरहेको छ र यसले बैंकको स्वीकृतिपत्रसँगै क्रण तमसुक, प्रतिज्ञा पत्र, जमानतको लिखत आदिलगायत सम्पूर्ण कानुनी कागजातहरु छिटो र सजिलै तयार गदै आएको छ।

एसबी सोलुसन्सले विगत ५ वर्षदेखि नेपालको लोन अटोमेसन र प्रोसेस अटोमेसनको क्षेत्रमा काम गर्दै आएको छ। नबिल बैंकले स्वीकृति पत्र र कानुनी कागजातहरु क्याड मोड्युलबाट तयार गर्दै गरेको एक वर्ष पूरा भएसँगै एसबी सोलुसन्सले आफ्नो डिजिटल लेन्डिङको यात्रामा एउटा कोशेढुंगा पार गरेको छ। डकुमेन्ट जेनेरेसन फिचरले बैंकलाई म्यानुअल प्रक्रियाबाट कागजातहरु तयार पार्न लाग्ने समय घटाई ग्राहकलाई छिटो प्रशासनिक सेवाहरु प्रदान गर्न सहयोग गर्दै आएको छ।

कम्पनीले २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक र वित्तीय संस्थालाई इनोभेटिभ लेन्डिङ अटोमेसन सोलुसन्सहरु प्रदान गरिसकेको छ।

क्याड मोड्युलले स्वीकृति पत्रका जटिल अवस्था र निर्भरताहरुलाई ह्यान्डल गर्न सक्ने गरी डिजाइन गरिएको छ। जसले संयुक्त स्वीकृति पत्र पनि सजिलै तयार गर्न सक्छ। यो प्रणालीले बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरुलाई धेरै सहज बनाउँछ जहाँ प्रयोगकर्ताहरुले केवल एउटा फारम भर्नुपर्छ र त्यसपछि ग्राहकअनुसार स्वीकृति पत्र सहित आवश्यक सम्पुर्ण कानुनी कागजातहरु सिस्टमले आफै तयार पारिदिन्छ।

यसका साथै यो प्रणालीले एपीआई कन्जुम गरी अन्य सिस्टमको डाटाहरु लिएर अंग्रेजी इनपुटहरुलाई पनि नेपाली भाषामा अनुवाद गर्न सक्छ। यसले प्रयोगकर्ताहरुलाई अझ सहज पारिदिन्छ।

‘हामी क्याड मोड्युल मार्फत नबिल बैंकमा हाम्रो सोलुसन सफलतापूर्वक कार्यान्वयन गर्न पाउँदा उत्साहित छौँ। हामी नेपालका सबै बैंक र वित्तीय संस्थाहरुमा समान स्तरको कानूनी कागजातहरु कार्यान्वयन गर्ने आशा राखेका छौँ। नबिल बैंकको सफलता हाम्रो भिजन पूरा गर्नका लागि एउटा ठूलो कोशेढुंगा हो’, एसबी सोलुसन्सका सीईओ संजोग मिश्रले भने, ‘हाम्रो उद्देश्य सधैं नवीन समाधानहरु प्रदान गर्ने हो। जसले बैंक र वित्तीय संस्थाहरुलाई उनीहरुको ऋण प्रक्रियालाई सुव्यवस्थित गर्न सक्षम बनाउँछ र हाम्रो प्रयासले सकारात्मक नतिजा ल्याएको देखेर हामी खुसी छौँ।’

एसबी सोलुसन्स काठमाण्डौस्थित एक सफ्टवेयर कम्पनी हो। कम्पनीले इनोभेटिभ लेन्डिङ अटोमेसन सोलुसन्सहरु बनाई बैंक र वित्तीय संस्थाहरुको क्रण पक्रियालाई सुव्यवस्थित गर्न मद्दत गर्दै आइरहेको छ। करिब ५ वर्षको अन्तरालमा कम्पनीले २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक र वित्तीय संस्थाहरुलाई सेवा प्रदान गरिसकेको छ।

वि.सं.२०८० वैशाख ११ सोमवार १०:४५ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...