back
NMB ad

मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड गर्ने तयारी, कति जनाले पाउने भए सेयर ?

Kumari bank ad

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आइपीओ वैशाख १३ गते बुधबार बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार बुधबार बिहान १०.३० बजे लैनचौर ब्यांक्वेटमा आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको बताएको छ ।

यसमा मागभन्दा १४.४४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । त्यसैले मेन्छियामको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

यसमा १२ लाख २८ हजार २०० जनाले कुल १ करोड ३५ लाख ७ हजार ९६० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ९३ हजार ४९१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ३४ हजार ७०९ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यस मध्ये १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि रित पुर्वक आवेदन प्राप्त ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै वितरण भएको छ ।

जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको जसमध्ये १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ ।

यस्तै २ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सकिने ब्यवस्था थियो।

वि.सं.२०८० वैशाख ११ सोमवार १७:१८ मा प्रकाशित

You can share this post!

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...