back
NMB ad

माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड गर्ने तयारी, आइपीओ पाउन भाग्यकै भर

Kumari bank ad

काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँडको गर्ने त तयारी गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओ बैशाख १९ गते मंगलबार बाँडफाँड हुने भएको हो ।

वैशाख १२ गते अन्तिम दिनसम्ममा १३ लाख ३१ हजार २३८ जना सर्वसाधारण आवेदकले १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १२ लाख ६९ हजार ४११ कित्ता शेयरको ११.६६ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ । जसमा १ लाख २६ हजार ९४१ जना आवेदकले १०/१० कित्ता पाउने छन् भने १ जनाले ११ कित्ता सेयर पाउने छ । कम्पनीले बैशाख ८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि बाँकी रहेको सेयरमध्ये पनि ५ प्रतिशत दरको ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । २ प्रतिशत दरको ३० हजार ५८८ कित्ता सेयर कर्मचारीमा बाँडफाँड गरिसकेको कम्पनीले १२ लाख ६९ हजार ४११ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँड गरिसकेको छ ।

वि.सं.२०८० वैशाख १७ आइतवार १४:२५ मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...