back
NMB ad

लगानीकर्ता संघहरुले अर्थमन्त्री महतसमक्ष ६ बुँदे माग पेश

Kumari bank ad

काठमाडौं । सेयर बजार सुधारको मागसहित लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेका छन् ।

नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, र नेपाल पुंजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा आज मन्त्री महतलाई ६ बुँदे माग सम्बोधन गरिदिन आग्रह गरेका हुन् ।

उक्त छलफलमा लगानीकर्ताले पुँजी बजारको सुधारका लागि सेयर धितो कर्जामा १२ करोडको सीमा, १५० प्रतिशतको औषत जोखिम भारको व्यवस्था हटाउन माग राखेका छन् ।

लगानीकर्ता सम्वद्ध चारवटै संगठनका नेतृत्वहरुले शेयर धितो कर्जाको सिमा १२ करोड तोकिएमा त्यसलाई पुरै खारेज गरिनुपर्ने र १५० प्रतिशतको जोखिम भारित औषतलाई १०० प्रतिशतमा झार्नुपर्ने माग राखेका थिए ।

खुला ब्रोकर प्रणाली, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया अवरोध बिना अघि बढाउने वातावरण बनाउन पनि मन्त्री डा. महतसँग माग गरेका छन् ।

लगानीकर्ताहरुले ब्याजदरलाई एकल अंकमा कायम गरेर पुँजी बजार तथा समग्र उद्यमी व्यवसायीहरुको मनोबल बढाउने कामको नेतृत्व लिन पनि अर्थमन्त्री डा.महत समक्ष माग राखेका छन् ।

लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गरेको छ ।

वि.सं.२०८० वैशाख १८ सोमवार ११:४९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...