back
NMB ad

माई खोला हाइड्रोपावरको आइपीओ भोली बाँडफाँड गर्ने, कति जनाले पाउने भए सेयर ?

Kumari bank ad

काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँडको गर्ने त तयारी गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओ भोली बैशाख १९ गते मंगलबार बिहान बाँडफाँड हुने भएको हो ।

वैशाख १२ गते अन्तिम दिनसम्ममा १३ लाख ३१ हजार २३८ जना सर्वसाधारण आवेदकले १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १२ लाख ६९ हजार ४११ कित्ता शेयरको ११।६६ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ । जसमा १ लाख २६ हजार ९४१ जना आवेदकले १०र१० कित्ता पाउने छन् भने १ जनाले ११ कित्ता सेयर पाउने छ । कम्पनीले बैशाख ८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि बाँकी रहेको सेयरमध्ये पनि ५ प्रतिशत दरको ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । २ प्रतिशत दरको ३० हजार ५८८ कित्ता सेयर कर्मचारीमा बाँडफाँड गरिसकेको कम्पनीले १२ लाख ६९ हजार ४११ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँड गरिसकेको छ ।

वि.सं.२०८० वैशाख १८ सोमवार १३:५७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...