back
NMB ad

सनराइज बैंकले दिने भयो एक अर्ब ३२ करोड ५३ लाख भन्दा बढिको सेयर

Kumari bank ad

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई एक अर्ब ३२ करोड ५३ लाख ४८ हजार आठ सय रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । बैंकको संचालक समितिको २५० औं बैठकले आफ्ना शेयरधनीहरुलाई साविकको नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात् कायम हुन आएको चुक्ता पूँजी तीन अर्ब ९७ करोड ६० लाख ४९ हजार सात सय ४१ रुपैयाँको ३३.३३ प्रतिशत अर्थात तीन बराबर एक कित्ताका दरले बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस सेयर दिन लागेको जनाएको छ । उक्त लाभांश प्र्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् बैंकको आगामी ९ औं वार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने बैंकले जनाएको छ ।

नारायणी नेशनल फाइनान्सलाई प्राप्त गर्नु अघिसम्म कायम सेयरमा लाभांश कर नलाग्ने र सोपश्चात् कायम सेयरधनीले लाभांश कर व्यहोर्नुपर्ने जानकारी बैंकले दिएको । उक्त कर बोनस सेयर वितरण गर्दा असुल गर्ने प्रस्ताव समेत समितिले पारित गरेको छ । आयकर ऐनको दफा ४७ क अनुसार मर्जर तथा प्राप्ती गर्ने वित्तीय संस्थाहरुको हकमा दुई वर्षसम्म लाभांश बितरणमा लाभांश कर नलाग्ने व्यवस्था रहेको छ ।

प्रकाशितः २०७३ भदौ ३०

वि.सं.२०७३ भदौ ३० बिहीवार ११:१२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...