back
NMB ad

पोखरा स्पोर्ट्स अवार्ड : को बन्ला वर्ष उत्कृट महिला खेलाडी ?

Kumari bank ad

कास्की । सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी भइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको अवार्ड समारोह यही वैशाख २३ गते पोखरा सभागृहमा हुँदैछ ।

खेल क्षेत्रमा लागेर समाज र देशका लागि योगदान गरेका खेलकुदकर्मीहरूलाई मञ्चले भव्य समारोहबीच अवार्ड प्रदान गर्नेछ । सातौँ संस्करणमा वर्ष खेलाडी महिला, वर्ष खेलाडी पुरुष, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । मञ्चले वर्ष उत्कृष्ट खेलाडी महिला, पुरुष, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ ।

पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधिका लागि तीन जना खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ । आर्चरीका रोजिना थापा मगर९बाग्लुङ०, फुटबलका सावित्रा भण्डारी९लमजुङ० र आइटिएफ तेक्वान्दोका सुस्मिता थापा मगर९बाग्लुङ० उत्कृष्ट खेलाडीको मनोनयनमा पर्नुभएको छ । खेलाडी अघिल्लो वर्ष खेल क्षेत्रमा प्राप्त गरेको सफलताका आधारमा उत्कृष्ट खेलाडी छनोट हुनेछन् ।

विसं २०५९ मा जन्मिएका रोजीनाले विसं २०७२ देखि आर्चरी खेल्न सुरु गर्नुभयो । उहाँले विसं २०७३ मा आयोजना गरिएको राष्ट्रिय आर्चरी प्रतियोगितामा पहिलोपटक स्वर्ण पदक हात पार्नुभयो । त्यसैगरी सोही वर्ष सम्पन्न सातौँ राष्ट्रिय खेलकुदमा थापाले दुई स्वर्ण पदक हात पार्नुभयो । गत वर्ष पोखरामा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा रोजिनाले दुई स्वर्ण जित्नुभएको थियो ।

यसैगरी बाग्लुङका आइटिएफ तेक्वान्दोका खेलाडी सुस्मिता थापामगरले विसं २०७४ देखि खेलकुदमा पाइला चाल्नुभएको हो । पहिलोपटक विसं २०७६ मा सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा सहभागी भएर सुस्मिताले एक स्वर्ण र दुई रजत पदक हात पार्न पार्नुभयो ।

यसैगरी विसं २०७८ मा भएको पहिलो गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण पदक हात पार्दै उत्कृष्ट खेलाडीको उपाधि जित्नुभयो । पोखरामा गत वर्ष असोज अन्तिम साता भएको नवौँ राष्ट्रिय खेलकुदमा एक स्वर्ण र एक रजत पदक सुस्मिताले जित्नुभयो ।

यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी ९साम्बा०ले १२ वर्षको उमेरदेखि खेल्न सुरु गर्नुभएको हो । हाल विभागीय नेपाल एपिएफ क्लबमा आवद्ध सावित्रा फुटबल भन्दा अघि एथलेटिक्स र भलिबल खेलाडी हुनुहुन्थ्यो । विसं २०६९ मा भएको राष्ट्रपति रनिङ शिल्डअन्र्तगत १०० मिटर दौडमा सावित्राले पहिलोपटक स्वर्ण आफ्नो नाममा लेखाउनुभयो ।

सावित्राले विसं २०७० देखि फुटबल खेल्न सुरु गर्नुभएको हो । उहाँ सोही वर्ष राष्ट्रिय टिममा स्थान बनाउनुभयो । सन् २०१४ मा सम्पन्न साफ च्याम्पियनसीपमा सावित्राले देशको प्रतिनिधित्व गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुभयो । त्यसपछि हालसम्म उहाँले राष्ट्रिय टोलीबाट एक दर्जन अन्तराष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ ।

पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् । यसैगरी वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पुरस्कार प्राप्त गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिनुभयो ।

वि.सं.२०८० वैशाख १८ सोमवार २०:५८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...