back
NMB ad

लघुवित्तले खाता सञ्चालन गर्दा शुल्क माग्यो ? राष्ट्र बैंकको यस्तो सन्देश

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले बचत तथा निक्षेप खाता सञ्चालन गर्दा कुनै शुल्क लिन नपाउने बताएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै लघुवित्त संस्थाहरुले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्क लिन नपाउने बताएको हो ।

राष्ट्र बैंकले जारी गरिएको सन्देशमा भनिएको छ, ‘कर्जा प्रवाह गर्दा १.५० प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउँछन्, एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह गरेमा वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन सक्छन्,’ ।

साथै, लघुवित्त वित्तीय संस्थाहरुले लिने सेवा शुल्कमा नेपाल राष्ट्र बैंकले सीमा तोकेको हुँदा बढी लिएमा गुनासो गर्न आग्रह गरेको छ ।

त्यसैगरी, लघुवित्त वित्तीय संस्थाले अन्य कुनै शुल्क मागेमा वा लिएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्नुपर्ने र उक्त संस्थाबाट गुनासो सुनुवाई नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने पनि राष्ट्र बैंकले बताएको छ ।

वि.सं.२०८० वैशाख २० बुधवार ०८:३४ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...