back
NMB ad

आशा लघुवित्तको नाफा ७३.२४ प्रतिशतले घट्दा प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.२४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ७३.२८ प्रतिशतले घटेर ४ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १७ करोड ६१ लाख रुपैयाँ रहेको थियो।

तेस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा २७.९५ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी २५ करोड ५८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर १८ करोड ४३ लाख रुपैयाँमा झरेको छ।

यो अवधिसम्म कम्पनीको चुक्तापूँजी ३८ करोड १६ लाख रुपैयाँ रहेको छ । लघुवित्तको जगेडा कोषमा १७ करोड ४४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा ४ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब १८ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसाबाट घटेर ११ रुपैयाँ ५४ पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६४.९४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ।

वि.सं.२०८० वैशाख २२ शुक्रवार १२:१३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...