back
NMB ad

अपि पावर कम्पनी चर्च ब्वाइज युनाइटेडको मुख्य प्रायोेजक

Kumari bank ad

काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र शहिद स्मारक “ए” डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड बीच मुख्य प्रयोजकको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अपि पावर कम्पनी लिमिटेडको तर्फबाट कम्पनीको कार्यकारी संचालक संजिव न्यौपाने र चर्च ब्वाइज युनाइटेडको तर्फबाट क्लबका अध्यक्ष टंकलाल राई बीच एक वर्षको लागि आज मिति २०८०/०१/२६ मा (मंगलबार) अपिपावर कम्पनी लिमिटेडको प्रधानकार्यलयमा सम्झौता सम्पन्न भएको हो ।

यसका साथै अबउप्रान्त यस क्लबले अपि पावर चर्च ब्वाइज युनाइटेडको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुनेछ । क्लबको पूर्वाधार विकास तथा खेलाडीको स्तरोन्नतीको लागि अपिपावर कम्पनी लिमिटेडले चर्च ब्वाइज युनाइटेडलाई सहयोग गर्ने छ ।

छोटो समयमा शहिद स्मारक “ए” डिभिजन खेल्न सफल चर्च ब्वाइज युनाइटेडलाई थप उचाईमा पु¥याउन सफल साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा थप सफलता हासिलगर्ने उदेश्यका साथ सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको फुटबललाई नयाँ उचाइमा लैजानुका साथै खेलाडीलाई प्रोत्साहन गरी क्वबको संरचना बलियो बनाउने सहमति भएको छ ।

कम्पनीले खेलकुदको माध्यमबाट मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरण गर्ने उदेश्यका साथ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग उपलब्ध गराउने भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत यस अपि पावर कम्पनी लिमिटेडको हालदुई वटा जलविद्युत र दुई वटा सौर्य आयोजना सहितपाँच वटा आयोजना संचालनमा रहेको र ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

नेपालको उर्जा क्षेत्रको प्रख्यात संस्था अपिपावर कमपनी लिमिटेडले देशमा प्रशस्तमात्रामा उपलब्ध पानी र नविकरणीय श्रोतको उपयोग गरी विद्युत उत्पादनगरि देशलाई उर्जामा आत्मनिर्भर बनाउने उदेश्य बोकेको छ ।

राष्ट्रको एक जिम्मेवार संस्थाको नाताले सामाजिक रुपान्तरण, युवा शसक्तिकरण तथा खेलकुदको दिघो विकासमा अपिपावर कम्पनी लिमिटेडले विभिन्न कार्यक्रम तथा सहयोग गर्दै आएको छ ।

वि.सं.२०८० वैशाख २६ मंगलवार १६:२६ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:२५

काठमाडौँ, २८ वैशाख : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध...

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...