back
NMB ad

ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ

Kumari bank ad

मनिला, २७ वैशाख । फिलिपिन्सको राजधानी मनिलानजिकै रहेको एक घरमा फिलिपिनो प्रेमिकाको शव ड्रममा फेला परेपछि एक ७१ वर्षीय अमेरिकी पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बाकुर शहरको प्रहरीले एएफपीलाई दिएको जानकारीअनुसार मनिलास्थित आफ्नो घरमा फोहोरको झोला र डक्ट टेपमा सिल गरिएको निलो ड्रमभित्र ४८ वर्षीया महिलाको शव फेला परेपछि मङ्गलबार उनलाई पक्राउ गरिएको हो ।

महिलाका वयस्क छोराले उनी चार दिनदेखि बेपत्ता रहेको जानकारी दिएको केही घण्टापछि प्रहरीले उक्त ठेगानाको निरीक्षण गरेको थियो । उनका छोराले पनि अधिकारीहरूलाई त्यहाँ ‘दुर्गन्ध’ आएको बताएका थिए ।

प्रहरीले तीन वटा चक्कु र एक थान डोरी समेत बरामद गरेको छ भने हत्याको आशङ्कामा उनलाई नियन्त्रणमा लिएको छ ।

मनिलास्थित अमेरिकी दूतावासका प्रवक्ताले एएफपीसँग भन्नुभयो, “हामीलाई यो घटनाबारे जानकारी छ । अमेरिकी प्राइभेसी एक्टका कारण हामी थप जानकारी दिन सक्दैनौं ।’ महिलाको मृत्युको कारण पत्ता लगाउन शव परीक्षणको तयारी भइरहेको फिलिपिन्स प्रहरीले जनाएको छ ।

वि.सं.२०८० वैशाख २७ बुधवार १५:५० मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...