back
NMB ad

सुत्केरीको मृत्यु प्रकरण : छानबिन गर्न समिति गठन   

Kumari bank ad

तुलसीपर, ३१ वैशाख  ।  दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । आज दुवै पक्ष र सरोकारवालाबीचको छलफलले घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाउने सहमति भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गएको बिहीबार दिउँसो १ बजेतिर घोराही उपमहानगरपालिका–८ सौडीकी २८ वर्षीया मधु बुढाथोकी केसीको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा थिए । प्रतिष्ठानले बच्चा जन्मिएपछि स्वास्थ्यमा अनपेक्षित जटिलता आई निजको निधन भएको बताएको छ ।

सुत्केरीपश्चात् पाठेघर खुम्चिई बन्द हुनुपर्नेमा रक्तस्राव बन्द नभएकाले औषधिको प्रयोग तथा अन्य विधि र प्रक्रियाद्वारा उपचार गरिएको भए पनि रक्तस्राव बन्द नभएपछि आफन्तको स्वीकृतिमा शल्यक्रिया गरी पाठेघर निकालिएको प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ । तर पनि रक्तस्राव नरोकिएकाले मृत्यु भएको प्रतिष्ठानको भनाइ छ ।

उपचारमा संलग्न चिकित्सक र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराएको र बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरुले आइसियुमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएको समेत आरोप लगाएका छन् ।–––

वि.सं.२०८० वैशाख ३१ आइतवार २१:४८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...