back
NMB ad

विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण   

Kumari bank ad

काठमाडौँ, १ जेठ ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसद दिपक गिरीले प्रतिनिधिसभा सदस्य सञ्जय गौतम आमरण अनशनमा बस्नुभएका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद गौतम १५ सूत्रीय माग राखेर बर्दियाको जब्दी पुलमुनि आमरण अनशन बस्नुभएको भन्दै सांसद गिरीले विकास निर्माणको काममा देखिएको बेथिती अन्त्यका लागि माग गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले दशेव्यापीरुपमा विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणका सन्दर्भमा सदनकोतर्फबाट सभामुखले रुलिङ गराइसक्नुभएको भए पनि सरकारले हालसम्म जानकारी नदिएकामा गुनासो गर्नुभयो ।

सांसद माधव सापकोटाले त्रिभुवन विश्वविद्यालय र रत्नराज्यलक्ष्मी क्याम्पसका कारण पाँच सय बढी विद्यार्थीको भविष्यमाथि खेलबाँड भएको बताउनुभयो । विद्यार्थीले पाउनुपर्ने सामान्य सुविधासमेत नपाएको उल्लेख गर्दै उहाँले सो प्रकरणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । उहाँले नक्कली शरणार्थी प्रकरणको छानबिन चलिरहेका बेला अन्य विषय उठाएर छानबिन प्रभावित पार्न खोजिएको उल्लेख गर्नुभयो ।

सांसद दिक्पाल शाहीले गत वेशाख २७ गते दैलेखको एक सामुदायिक वनमा भएको आगलागीमा परी भएको जनधनको क्षतिप्रति सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । सो घटनामा परी घाइते भएकाको निःशुल्क उपचारको प्रबन्ध गर्न उहाँले माग गर्नुभयो ।

सांसद मनिष झाले विश्वका विभिन्न देशमा भएको भ्रष्टाचार विरोधी आन्दोलनको तथ्य पेस गर्दै मुलुकभित्र पछिल्ला दिनमा देखिएको नक्कली शरणार्थी प्रकरणमा जोडिएका मानिस भाग्न नपाउन भन्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राजकिशोर यादवले सिराहाको सुखीपुरमा भएको आगलागीको घटनामा परी जनधनको क्षति भएको भन्दै उचित क्षतिपूर्तिको माग गर्नुभयो । सुक्खा मौसमका समयमा तराई मधेसका जिल्लामा आगलागीको घटनामा वृद्धि हुन थालेको उल्लेख गर्दै उहाँले त्यस्तो घटना न्यून गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो । नक्कली शरणार्थी प्रकरणलाई उहाँले देशद्रोहको सङ्ज्ञा दिँदै दोषीलाई कडा कारबाहीको माग गर्नुभयो ।

सांसद चन्द्रबहादुर विश्वकर्माले पनि दैलेखमा भएको आगलागीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त विपद्मा परेका नागरिकले उपचार गर्न नसक्ने अवस्था सिर्जना भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद अम्मरबहादुर थापाले नक्कली शरणार्थी प्रकरण मानव तस्करी भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । उहाँले विद्युतीय सवारीसाधनको प्रयोगमा बढोत्तरी भए पनि नीतिनियम र कानुनको प्रबन्ध नहुँदा नागरिकले सुविधा नपाएको बताउनुभयो । सांसद दिपकबहादुर सिंहले मुलुकको दक्ष जनशक्ति विदेशिएकाले उनीहरुलाई देशभित्रै राख्न आगामी बजेटमा शिक्षा क्षेत्रमा उल्लेख्य बजेटको प्रबन्ध गर्नुपर्ने बताउनुभयो । बजेटमा दक्ष जनशक्तिका लागि देशभित्रै रोजगारीको प्रबन्ध गर्न उहाँले माग गर्नुभयो ।

वि.सं.२०८० जेठ १ सोमवार १३:५७ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...