back
NMB ad

बाँदर आतङ्कले रित्तिदैँ गाउँ  

Kumari bank ad

गल्याङ, ४ जेठ । स्याङ्जाको गल्याङ नगरपालिकाका किसान बाँदर आतङ्कका कारण समस्यामा परेका छन् । खेतबारीमा लगाएको तरकारी, मकै र फलफूललाई बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्न थालेपछि लाखौँको क्षति भएको किसानको गुनासो छ ।

गल्याङ नगरपालिका–३, गल्याङ बजार निवासी अर्जुन श्रेष्ठले छर्तिमा जग्गा भाडामा लिएर काँक्रा लगाउनु भएको थियो । बिक्री हुने समय भएका करिब दुई क्विन्टल काँक्रा बाँदरको हुल पसेर खाएइदिएपछि उहाँ चिन्तामा पर्नुभएको छ । “खानाखान घरमा गएको थिएँ, खेतमा बाँदरको हुल पसेछ काँक्र सबै जुठो हालिदिने र खाइदिने गरेछ ।” उहाँले भन्नुभयोे, “जग्गा भाडामा लिएर खेती गरेको थिएँ, भाडा पनि नउठ्ने भयो ।” ‘एकजना अनिवार्य बाँदर कुर्न बस्नुपर्छ ।” उहाँले भन्नुभयोे, “किसानहरु पालैपाले कुर्न बस्ने गर्छौँ, नगरपालिकाले सहयोग गरे त राम्रै हुनेथियो ।”

यस्तै छर्तिमा बेमौसमी मकैखेती तथा सयपत्री फूलखेती गरेका चन्द्रबहादुर राना ‘चित्र’ को समस्या श्रेष्ठको भन्दा कम छैन । खानेबेला भएको मकैबारीमा बाँदरको हुल कहिले बल्लो र कहिले पल्लोटोडाँबाट पसेर दुःख दिएको उहाँको दुखेसो छ । “एक जना व्यक्तिले बाँदर धपाउन सकिने स्थिति छैन, दुई तीनजना नै हेरालो बस्नुपर्छ । ” उहाँले भन्नुभयो, “दिनभरका टन्टलापुरे घाम नभनी बाली जोगाउन बस्नैपर्छ नभए स्याहार्न पाइदैन ।” उहाँले छेउछाउ, टोँडाटाँठडीको करिब एकसय बोट मकै बादरले सखाप परेको गुनासो गर्नुभयो ।

यस्तै गल्याङ –७, कल्लेरीका अर्का किसान तिलकुमारी रानाले बारीमा बाँदर पसेर सोत्र्यान पारेको गुनासो गर्नुभयो । उहाँले चार रोपनी बारीमा लगाएको मकैको बोटमा बाँदरले क्षति पु¥याएको बताउनुभयो । “प्रमुख अन्नबाली मकै दिनहुँ बाँदरले बारीमै आएर भाँच्ने र खाने गर्दा बारी नै रित्तो भइसक्यो ।” उहाँले भन्नुभयो, “खेती गर्ने जाँगर हराइसक्यो, खेती गरेर बाँदरलाई हुन्छ भने अर्को वर्ष मकै छरिँदैन होला, बरु खेतबारी बाँझै रहोस् ।”

बाँदर कहिले खेतमा पसेर त कहिले घरभित्रै पसेर खाद्यान्न खाइदिएपछि स्थानीयवासी झन् चिन्तित भएका छन् । गल्याङ –११, भाटीका ओम थापाले घरभित्रै बाँदर आएर मकैका झोत्ता लगिदिने गरेको बताउनुभयो । “वर्षभरी दुःखकासाथ बाँदरबाटै जोगाएका अन्नपात घरमै आएर बाँदरले लगिदिँदा मन अमिलो हुन्छ ।” उहाँले भन्नुभयो, “दिउँसोमा केटाकेटी स्कुल जान्छन्, हामी बुढाबुढी मेलापात जान्छौँ, बाँदर झ्यालबाट र धुरीबाट छिरेर अन्नपात लैजान्छ ।”

त्यस्तै भाटीकै सोम पल्ली र सावित्री भण्डारीको पनि थापाको भन्दा पीडा फरक छैन । पल्लीले घरमा लगाएको उखु, फलफुल, तरकारी लगायतका बालीमा बाँदरले क्षति पु¥याउर्ने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “आँगनमा सुकाएको, मकै, गहुँ, कोदोको बिस्कुनसमेत आँखा छलेर छिरलिदिन्छ । पल्लीले गुुनासो पोखे, ‘के गर्ने कसो गर्ने, हैरानीमा परेका छौँ, नगरपालिकाले बाँदर नियन्त्रण गर्न गरेको प्रयास सफल भएन ।”

यसैगरी सावित्री भण्डारीले कौसीबाट धेरै पटक बाँदर छिरेर मकै लगिदिएको बताउनुभयो । “घरमा साना केटाकेटी हुँदा टेर्दैन, उनीहरुलाई तर्साएर मकै चोरेर लैजान्छ ।” उहाँले भन्नुभयो,“कहिलेकाहीँ घरभित्र हुँदाहुँदै पनि बाँदरले सताउँछ ।”

भाटीकै पार्वती पल्ली मगरले मकै छर्ने वित्तिकै माटो खोर्सेर मकैका गेडा बाँदरले खाइदिएकाले मकै छिमलो (पातलो) उम्रिएको बताउनुभयो । उहाँले भन्नुभयो्, “केहीवर्ष पहिले वडाले भारतबाट बाँदर छोप्ने मान्छे ल्याएको थियो, केही बाँदर त छोपेर चितवन राष्ट्रिय निकुञ्जतिर लगे तर अन्तका बाँदर यहाँ आएर दुःख दिए ।”

गल्याङ–३, का वडाध्यक्ष कृष्ण भट्टराईले बाँदर आतङ्क समस्या बढ्दै गएको बताउनुभयो । उहाँले उहाँले भन्नुभयो, “गल्याङमा उर्वरभूमि भएर पनि बाँदरका कारण किसानले खेती लगाउन छाडेका छन् । बाँदर आतङ्क बसाइँसराइको प्रमुख कारण बन्दै गइरहेको छ ।” उहाँले मारेर र स्थायी बन्ध्याकरण गरेर बाँदर आतङ्क नियन्त्रण गर्न सकिने केही आधार भए पनि कानुन नबन्दा झन्झट रहेको बताउनुभयो । उहाँले बाँदर आतङ्कको समाधान सामूहिक प्रयास भएकाले नगर कार्यपालिकाको बैठकमा आफूले ध्यानाकर्षण राखेको बताउनुभयो ।

वि.सं.२०८० जेठ ४ बिहीवार १४:११ मा प्रकाशित

You can share this post!

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:३६

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:२५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:१९

काठमाडौँ, ३१ वैशाख : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन...