back
NMB ad

बजरङ्ग स्टिलको दुई दिने ‘कन्ट्रयाक्टर मिट’ सम्पन्न

Kumari bank ad

काठमाडौं । स्वस्तिक रोलिङ मिल्सले सुनसरीको इटहरी र मोरङ्गको बिर्तामोडमा ‘कन्ट्रयाक्टर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २९ गते सुनसरीको इटहरीमा र जेठ ३ गते बिर्तामोडमा ‘कन्ट्रयाक्टर मिट’ कार्यक्रम सम्पन्न गरेको हो । ‘कन्ट्रयाक्टर मिट’ कार्यक्रममा दुवै स्थानमा गरी एक सय ७० जना निर्माण व्यवसायीको सहभागिता थियो ।

कार्यक्रममा उद्योगका महाप्रबन्धक रमण आचार्यले स्वस्तिक रोलिङबाट उत्पादित फलामे डन्डीका प्रकार, गुणस्तर र प्रयोगका बारेमा जानकारी दिएका थिए । महाप्रबन्धक आचार्यले अहिले नेपालमा देखिएका सबै फलामे डन्डीभन्दा स्वस्तिकका डन्डीहरू बढी गुणस्तरीय भएको बताए । इन्जिनियर कृष्ण पोखरेलले कस्ता प्रकारका डन्डीको प्रयोग गर्नुपर्छ भन्ने विषयमा प्रकाश पारे ।

इन्जिनियर पोखरेलले प्राविधिक मापदण्डअनुसार फलामे डन्डीको प्रयोग कसरी गर्ने रु र के–के कुरामा ध्यान दिने भन्ने विषयमा पनि चर्चा गरेका थिए । उनले डन्डीको उत्पादन प्रक्रिया र प्राविधिक पक्षका बारेमा स्पष्ट पार्दै बजरङ्ग ब्रान्डका फलामे डन्डीहरू नै नेपालमा सबैभन्दा टिकाउ, गुणस्तरीय र भरपर्दो रहेको उल्लेख गरे ।
मुलुकमा पूर्वाधार र निर्माण–सामग्रीका उद्योगहरू थपिइरहेका छन् । यही क्रममा प्रदेश नम्बर १ को सुनसरी–मोरङ्ग औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिका वडा नम्बर १ परास्टोकीमा स्वस्तिक रोलिङ्ग मिल सञ्चालनमा आएको छ । उद्योगले हालै व्यावसायिक उत्पादन सुरु गरेको छ । स्वस्तिक रोलिङ्गमा २ अर्ब ५० करोडको लगानी छ ।

स्वस्तिक रोलिङ्गले बिलेटको पनि व्यावसायिक कारोवार गर्दछ । बिलेटबाट उद्योगले “बजरङ्ग” ब्रान्डमा टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन गरिरहेको छ । एङ्गल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, साना–ठुला सेड बनाउन लगायत विविध प्रयोजनमा गरिन्छ ।

स्वस्तिक रोलिङ्गको उत्पादन “बजरङ्ग” ब्रान्डको टीएमटी छडले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेको छ । उत्पादनले नेपाल गुणस्तर चिह्न प्राप्त गरेपछि उद्योगले व्यावसायिक उत्पादन गर्न थालेको हो । उद्योगले नेपाल सरकारले निर्धारण गरेको गुणस्तरको मापदण्डभित्र रहेर उत्पादन गरिरहेको छ । उद्योगको उत्पादन–क्षमता प्रति दिन ५०० टन छ ।

उद्योगको सबैभन्दा बढी ध्यान टीएमटी उत्पादन र विक्री–वितरणमा छ । टीएमटीको रेस्पोन्स र प्रतिक्रिया सबैतिरबाट राम्रो आएको छ । उद्योगले ७ एमएम देखि ३२ एमएम सम्मका टीएमटी छडको छडको उत्पादन गर्दछ । यो उद्योग नेपालमा सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिको हो । उद्योगले उत्पादन गरेको टीएमटी छडको ग्रिपिङ्ग उच्च स्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्छ । “बजरङ्ग” ब्रान्डका टीएमटी छड अन्य ब्रान्डका टीएमटीको तुलनामा बढी लचकदार छन् ।

स्वस्तिक रोलिङ्ग मिलमा उत्पादित “बजरङ्ग” ब्रान्डको टीएमटी छडको प्रयोग ठुलाठुला जलविद्युत् आयोजना, सडक, बहुतल्ले भवन, पुलपुलेसा र सबै खाले प्रोजेक्टमा गरिँदै आएको छ । नेपालमा सहरीकरणको प्रक्रिया तीव्र छ । उद्योगको स्थापनाले पनि गति लिइरहेकै छ । पूर्वमा अरुण तेस्रो लगायत धेरै साना–ठुला जलविद्युत् आयोजनाको निर्माण धमाधम भइरहेको छ । ट्रान्समिसन लाइनको विस्तारले पनि व्यापकता पाएको छ । त्यसैले यस क्षेत्रमा टीएमटी छड, एङ्गल, च्यानल र आई बिम लगायतका निर्माण–सामग्रीका उद्योगको प्रशस्त उपादेयता छ ।

साथै २०७२ सालको भूकम्पपछि आधिकांशले घर बलियो बनाउन चाहेका छन् र सबैको चाहना गुणस्तरीय टीएमटी छड भएको छ । ग्राहकको यही खाँचो र चाहनाको पूरा गर्ने उद्योगको उद्देश्य हो ।

वि.सं.२०८० जेठ ४ बिहीवार १६:०६ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...