back
NMB ad

लेखेरै सडकबाट अर्वपतिको सूचीमा पर्न सफल चर्चित सेलिब्रेटी जेके रोलिङ फेरी सडकमै !

Kumari bank ad

जे.के.रोलिङ, ह्यारी पोर्टर श्रृंखलाकी लेखिका

धेरै कम मध्येकी एक सेलिब्रेटीहरुमा ह्यारी पोर्टर श्रृंखलाकी लेखिका जे.के. रोलिङ पनि पर्छिन् जो कुनै समयमा आर्थिक अवस्था कमजोर भएका कारण आत्महत्याको बाटो अपनाउन पुगेकी थिइन् । आर्थिक अवस्था सुध्रियोस् र जिन्दगी केही राम्रो बनोस् भन्ने चाहना राख्ने धेरै व्यक्तिहरुमा उनी एक पनि पर्थिन् । ह्यारी पोर्टर श्रृ्रंखलाले प्रसिद्ध पाउनुभन्दा पहिले उनी धोका, सम्बन्धबिच्छेद र आर्थिक समस्याबाट ग्रस्त थिइन् । सायद ह्यारी पोर्टर किताब पढ्ने मध्ये थोरैलाई थाहा होला कि उनले ह्यारी पोर्टरको पहिलो र दोस्रो श्रृंखला क्याफेमा बसेर क्याफेमा पाइने कागजका रुमाल (न्याप्किन)मा लेखेकी थिइन् ।

उनी मात्र एकल आमा थिइनन् जो जागिरका लागि यता उता भौतारिरहेकी थिइन्, उनलाई सयौं व्यक्तिले भनेकी लेखेर जीवन पाल्न सकिन्न त्यसैले अन्य काम गर्नु । तर, उनी लेखेरै अर्बपति बन्ने पहिलो लेखक पनि बनिन् । फोब्र्स म्यागजिनले उनलाई पहिलो अर्बपति लेखकका रुपमा परिचय दियो । अहिले उनी फेरि चर्चामा छिन् । किनकी उनले आफ्नो अर्बौ सम्पत्ति गुमाएकी छिन् र फोब्र्सको अर्बपतिहरुको लिष्टबाट बाहिरिएकी छिन् । उनले १ सय ६० करोड डलर च्यारिटीमा दिएकी छिन् । यसका साथै उनले लुमस भन्ने एउटा संस्था पनि खोलेकी छिन् जसले बालबालिकाहरुलाई मद्दत गर्नेछ ।

रोलिङले भनेकी छिन् कि जब कसैले आफूलाई चाहिनेभन्दा बढी पाउँछ तब उसको सामाजिक र नैतिक दायित्व हुन्छ कि उसले समाजको लागि केही गरोस् । यही अनुरुप नै आफूले किताब बेचेर पाएको पैसा च्यारिटीमा दिएको उनले प्रष्ट पारेकी छिन् ।

उनले लेखेको उपन्यासको सुरुवाती च्याप्टरहरु उनको जीवनकै कहानी हो । जहाँ ह्यारी पोर्टरले आफ्नो बुवाआमालाई गुमाउँछ । रोलिङले पनि २५ वर्षको उमेरमा नै आफ्नी आमा गुमाइन् । त्यसपछि उनको अवस्था झन् तनावग्रस्त बन्यो जब उनको प्रेम विवाह गरेका श्रीमान्ले मात्र १३ महिनमा उनीसँग सम्बन्ध बिच्छेद गरे । त्यतिबेला उनको छोरी जन्मिसकेकी थिइन् । उनीसँग कुनै जागिर थिएन त्यसमाथि आफ्नी छोरीलाई पाल्नुपर्ने अवस्थाले उनी अत्यन्त मर्माहत बनेकी थिइन् कि समस्यासँग जुध्न नसकेर कतिपटक उनले आत्महत्याको प्रयास समेत गरिन् । तर, भाग्यलाई अरु नै कुरा मन्जुर थियो । उनले आफ्नो डिप्रेशन र तनावलाई ह्यारी पोर्टरमा देखिने राक्षसहरुमा परिणत गरिन् र त्यसलाई नै कथाको रुप दिइन् ।

उनले जागिर पाइरहेकी थिइन्न, आफ्नो र छोरीको खर्च धान्नका लागि उनले आफूले लिएको अपार्टमेन्ट भाडामा दिइन् र आफू बेसहारा बस्ने आश्रममा बस्न गइन् । अपार्टमेन्टबाट आएको भाडाले उनले छोरीको आवश्यकताहरु पूरा गर्थिन् । उनी एकदमै चिन्तामा थिइन् । उनलाई त्यसरी बस्न लाज पनि लागेको थियो । तर जिन्दगी कता गइरहेको छ भन्ने केही थाहा नभएकी जागिरका लागि यताबाट उता भौतारिने गर्थिन् ।

यस्तै एक दिन म्याचेस्टरबाट लण्डन जानका लागि रेल पर्खिरहेको अवस्थामा उनलाई दिमागमा ह्यारीपोर्टको कथा आयो । उनले किताब लेख्ने सोचिन् र आफ्ना भोगाई, आमाको निधन एवं सबै दुःख पीडालाई उनले किताबमा उतार्ने सोचिन् । सधैको जस्तो सामान्य एउटा दिनलाई असामान्य बनाउँदै उनले राक्षस, बोक्सी, जादु आदि विषयलाई समेटेर कथा बुन्न थालिन् । उनी आफ्नो पीडालाई कथा बनाउँदै हरेक दिन लेख्ने गर्थिन् ।

पाँच वर्षसम्मको असफलता, तनाव र त्योसँगै आएको धैर्यता पछि बल्ल उनको किताब ह्यारी पोर्टर सकियो । जिन्दगीको संघर्ष त थियो नै अब उनलाई त्यो किताब छाप्न पनि संघर्ष गर्नु प¥यो । सन् १९९५ मा उनले विभिन्न पुस्तक प्रकाशकसँग ह्यारी पोर्टर किताब छाप्नका लागि अनुरोध गरिन् । तर, त्यो संयोग यत्तिकै जुरेन । उनलाई १२ नाम चलेका राम्रा पुस्तक प्रकाशकहरुले अस्वीकार गरिदिए । १२ ठाउँमा ढोका ढक्ढक्याउँदा र अस्वीकृत हुँदा उनी झन् विक्षिप्त बनिसकेकी थिइन् । अन्त्यमा, ब्लुमस्बेरी नामक प्रकाशन गृहले उनको पुस्तक छाप्ने भयो र मात्र ४ हजार डलरमा ब्लुमस्बेरीले ह्यारीपोर्टको पाण्डुलिपी रोलिङसँग खरिद ग¥यो ।

प्रकाशन भएको वर्षदिन नबित्दै ह्यारी पोर्टर किताबले सबै बालबालिकाको मन छोयो र यसले त्यो वर्षको ब्रिटिस बुक अवार्ड पनि जित्यो । सन् १९९८ मा त्यही किताबको रिजर्भ राइट अमेरिकी प्रकाशन गृह स्कोलाष्टिकले १ लाख ५ हजार डलरमा किन्यो ।

किताबको लोकप्रियतासँगै जेके रोलिङका दिन फेरिए । ह्यारी पोर्टको तेस्रो र चौथो संस्करणले विश्वमै रेकर्ड कायम गर्यो । संसारकै सर्वाधिक बिक्री हुने किताबका रुपमा अझ पनि यो रेकर्डमै छ । सातौं श्रृंखलासम्म आइपुग्दा यसका चलचित्रहरु पनि बने । यसले पनि रोलिङलाई विश्वकै धनी लेखिकाका रुपमा स्थापित ग¥यो ।

jk rowling
जे.के.रोलिङ, ह्यारी पोर्टर श्रृंखलाकी लेखिका

उनको जीवनबाट हामीले तीनवटा महत्वपूर्ण कुराहरु सिक्न सक्छौं । एउटा असफलता कारण आफूलाई रोक्ने काम नगर्नु ः यदि तिमी विभिन्न कामहरुमा असफल भइरहेको छौं भने त्यसलाई आफूलाई रोक्न नदेऊ । जिन्दगीमा अप्ठ्यारा समयहरु आइरहेका छन् भने पनि निरन्तर अगाडि बढ ।

आफूले गरिरहेको काम नछाड र आफ्ना सपनाहरुलाई पनि नछाड ः रोलिङको जीवनमा आमाको अचानक हुन पुगेको निधन, श्रीमान्ले दिएको धोका, सम्बन्ध बिच्छेद, एकल आमाको रुपमा बच्चालाई हुर्काउनु, कुनै जागिर नपाउनु जस्ता समस्याहरु आइरहे । तर उनले ती सबै समस्याहरुसँग जुध्दै किताब लेख्ने आफ्नो कामलाई छाडिनन् । उनले अंग्रेजी शिक्षिकाकै रुपमा जीवन व्यति तगर्न सक्थिन् । तर उनले लेखिका बन्ने आफ्नो सपनालाई मर्न दिइनन् र अन्ततः यही कुराले नै उनलाई विश्वकै धनी लेखकका रुपमा परिचय गरायो ।

सफलता भनेको एकै रातमा मिल्ने कुरा हैन ः रोलिङलाई पहिलो किताब सकाउन ५ वर्ष लाग्यो । त्यो पाँच वर्ष उनका लागि पाँच जुनी बराबर थियो । किताब सके पछि पनि उनले सजिलै त्यसलाई छाप्न पाइनन् । करिब १२ पुस्तक प्रकाशन गृहले उनलाई अस्वीकार गरे । उनीहरु भन्थे किताब धेरै लामो छ, बच्चाहरुले यस्तो कथा मन पराउन्नन्, तर त्यही किताब अन्ततः हरेक बच्चाहरुको प्रिय पुस्तक बन्न पुग्यो ।
त्यसैले हामीले पनि यो बुझ्नु पर्छ कि कुनै पनि कुरा भनेको सजिलै आउँदैन, सफलता सजिलै मिल्दैन । यसका लागि लामो धैर्यता पनि आवश्यक पर्छ ।

एजेन्सीको सहयोगमा, ६ असोज २०७३, २।००

वि.सं.२०७३ असोज ६ बिहीवार ११:२४ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...