back
NMB ad

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन

Kumari bank ad

काठमाडौं । स्वाबलम्ब लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ ।

संस्थाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दा १२ लाख ९० हजार ४९६ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरेको हो। नेप्सेको आजको निर्णयबाट परिमार्जित संस्थापक सेयर अब सर्वसाधारण समूहबाट कारोबारमा आउने जनाएको छ।

यसअघि संस्थामा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो । संस्थाले सेयर स्वामित्वमा परिमार्जन गर्दै हाल संस्थापक समूह ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गरेको छ।

सेयर स्वामित्व परिमार्जनका लागि संस्थाले १० प्रतिशत संस्थापक समूहको सेयर सर्वसाधारणमा परिणत गरेको छ। नेप्सेमा लघुवित्तको कुल १ करोड २९ लाख ४ हजार ९५५ कित्ता सूचीकृत रहेको छ।

वि.सं.२०८० जेठ ८ सोमवार १६:४५ मा प्रकाशित

You can share this post!

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ११ शुक्रवार ११:१०

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने...

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब   

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:५८

वीरगञ्ज (पर्सा), ११ जेठः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको...

सुनको भाउ घट्ने क्रम जारी, आज कति घट्यो ?

सुनको भाउ घट्ने क्रम जारी, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:४६

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा भारी गिरावट...

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी   

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:३४

 काठमाडौँ, ११ जेठः सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन...

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:५८

फुङ्लिङ (ताप्लेजुङ) ११ जेठः जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ...

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...