back
NMB ad

प्रभु बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले एक भन्दा खाता भएका तथा १० वर्षदेखि निष्कृय रहेको ग्राहकलाई सूचना जारी गरेको छ । बैंकद्वारा जारी सूचना अनुसार सो प्रकृतिका खातावालाहरुले अव एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैकबाट जारी गरिएको एकीकृत निर्देशनमा बमोजिम बैक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाईने एवं एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड जारी गर्न नपाईने व्यवस्था रहेको छ । सो अनुसार प्रभु बैंकले उक्त प्रकारका खाता खोलि कारोबार गरिरहेका ग्राहकलाई १ भन्दा बढी कार्ड तथा खाता बन्द गरिदिन आग्रह गरेको हो ।

बैंकका अनुसार यस्ता ग्राहकले असार मसान्त भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा कार्ड तथा खाता बन्द गर्न अनुरोध गरेको छ । सो समय भित्र त्यस्ता खाताहरु अद्यावधिक नभएमा त्यस्ता खाताहरु बैंकको निर्णयअनुसार निष्कृय गरिने वा रोक्का राखिने बैंकले जनाएको छ ।

साथै, १० बर्ष देखि कारोवार नभइ निष्कृय रहेका खाताको विवरण बैंकले आफ्नो वेवसाइटमा प्रकाशित गरिरहेको हुंदा त्यस्तो खाता रहेका ग्राहकले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको बिवरण अद्यावधिक गरी खाता सञ्चालन गर्ने सक्ने बैंकले जनाएको छ ।

वि.सं.२०८० जेठ ११ बिहीवार १८:३६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...