back
NMB ad

मगर संस्कृतिसँग जोडेर धौलागिरि क्षेत्रमा पर्यटन प्रवर्द्धन   

Kumari bank ad

ध्रुवसागर शर्मा
गलेश्वर, १७ जेठ । धौलागिरि क्षेत्रका म्याग्दी, बागलुङ र पर्वतमा बसोबास गर्ने मगर समुदायको संस्कृतिसँग जोडेर सरकारले मगर संस्कृति पर्यापर्यटन कार्यक्रममार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका योजना सञ्चालन गर्ने भएको छ ।

सङ्घीय सरकारले म्याग्दी, बागलुङ र पर्वतमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्ने भएको हो । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत म्याग्दी, बागलुङ र पर्वतलाई समेटेर पर्यापर्यटन तथा मगर संस्कृति पर्यटन क्षेत्रका रुपमा विकास गर्न प्रोत्साहन गरिने जानकारी गराउनुभएको हो ।

म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेर अन्नपूर्ण–धौलागिरि पर्यावरणीय पदमार्ग सञ्चालन हुँदै आएको छ । सरकारको घोषणापछि अधिकांश मगर समुदायको बसोबास रहेको यो पदमार्गमा बागलुङलाई पनि समेट्ने र मगर संस्कृतिसँग पर्यटनलाई जोड्ने अपेक्षा गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकाका प्रायः सबै गाउँ मगर बाहुल्य हुन् । यहाँ पुग्ने पर्यटकले मगर जातिको मौलिक संस्कृति, परम्परा, जीवनशैली, रहनसहन, वेशभूषा, भाषाको समेत अध्यन गर्न पाउँछन् ।

अन्नपूर्ण, मालिका र धौलागिरि गाउँपालिकाका क्षेत्रमा लोभलाग्दा प्राकृतिक सम्पदा पर्यटकका लागि अर्को आकर्षण बन्नेछन् । धवलागिरि, अन्नपूर्ण, गुर्जा, नीलगिरि, पुठा लगायतका हिमाल म्याग्दीमा पर्छन् । गाउँमा घरबास शैलीका होटेल खुल्न थालेका छन् । यहाँका गाउँमा पुग्ने पर्यटकले स्थानीय कोदो, जौ, मकै, आलु आदिका परिकार खान पाउँछन् ।

गाउँ वरपरका जडीबुटी, हिमशृङ्खला, झरना, नदी, ताल र जैविक विविधताले पर्यटकलाई लोभ्याउने मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । म्याग्दीमा बोलिने मगर ढुट र खाम मगर भाषा अरूभन्दा मौलिक रहेकाले भाषा विज्ञानका विद्यार्थीका लागि थप अध्ययन गर्न सकिने केवी एकेडेमी दरवाङका शिक्षक हिराबहादुर सिउथानी मगरको भनाइ छ ।

जैविक विविधताका दृष्टिले म्याग्दीको मालिका, धवलागिरि र अन्नपूर्ण, बागलुङको ढोरपाटन र पर्वतको जलजला क्षेत्र निकै धनी ठाउँ हो । यहाँ वन लसुन, कटुकी, चुल्थे, रातो च्याउ, निर्मसी, विख्माजस्ता जडीबुटी आयआर्जनका स्रोत बनेका छन् । भेडा र घोडाका लागि यहाँका पाटनमा हुने बाक्लो तथा मसिनो बुकी घाँसले पर्यटकका लागि थप आकर्षण गराउँछ ।

यहाँको अर्को आकर्षण भनेको माओवादी द्वन्द्वकालमा प्रयोग भएको गुरिल्ला ट्रेलका बारेमा पनि पर्यटकले अध्ययन गर्न पाउनु हो । यहाँका जङ्गल र खर्कमा माओवादी द्वन्द्वकालमा छापामार बस्ने गरेका आश्रयस्थल पनि पर्यटकले देख्न सक्छन् ।

म्याग्दीको सदरमुकाम बेनी, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र डोल्पाको सदरमुकाम दुनै आक्रमणका घाइते छापामारलाई राखिएका गोठ, ओडार र जङ्गल अध्ययन गर्ने पर्यटकका लागि थप महत्वको विषय हुन सक्ने बताइन्छ । सदरमुकाम कब्जापश्चात् अपहरणमा परेका सरकारी अधिकारी, सेना र प्रहरीलाई सुरक्षित साथ बसाइएका घर अहिले पनि देख्न सकिन्छ ।

यस क्षेत्रलाई आदिम सांस्कृतिक थलोका रुपमा चिनिने स्थानीय बूढापाका बताउँछन् । यहाँको मुख्य भाषा मगर खाम हो । मगर खाम समुदायको जीवनशैली हिमाली संस्कृतिसँग मिल्दोजुल्दो छ । यस क्षेत्रमा पर्यटक रमाउने भनेकै हिमालको दृश्यावलोकन, जैविक विविधताको र मगर खाम भाषाको अध्ययन, पाटन, वनस्पति, जङ्गल, नदीनाला, तालतलैया तथा वन्यजन्तु हुन् ।

मगर खाम गाउँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन् । सामाजिक एकताबिना उनीहरु आफ्नो अस्तित्व स्वीकार्न नगर्ने संस्कार छ । मगर खामको गाउँमा समान संरचनामा घर निर्माण भएका हुन्छन् । गाउँमा खेतीपातीमा अर्मपर्मको सिद्धान्त र विकास निर्माणमा परम्परागत झाराप्रथा प्रचलित छ । यो नै मगर समुदायको सामाजिक विशेषता हो ।

धवलागिरि क्षेत्रका मगर समुदायले लामो भाका र स्वर निकालेर गाइने गीतको भावमा डुबेर भाङ्ग्रा, कछाड, टोपीको पहिरनमा मादल भिरेर नाचेको पुख्र्यौली नाचको दृश्य निकै रोचक हुन्छ । अझ मादलेसँगै जोडी भएर महिलाको भेषमा नाच्ने पुरुषले पुख्र्यौली नाचमा रौनकता थपिन्छ । पुख्र्यौली नाचमा सोरठी भाकामा गीत गाउनेको एक समूह हुन्छ भने मादल भिरेर नाच्नेलाई मादले र महिलाको भेषमा नाच्नेलाई मारुनी भनिन्छ । यस्तै, रोचक पक्ष र विशेषता भएकाले पर्यटक यो नाच देख्दा मक्ख पर्ने गरेका पुख्र्यौली संरक्षण समिति काफलडाँडाका सचिव नरबहादुर पुर्जाले बताउनुभयो ।

पुख्र्याैली नाचका लागि १२ पुरुष र सोरठी गाउन पनि त्यत्तिकै सङ्ख्यामा महिलाको आवश्यकता पर्छ । त्यसका साथै थाली नाच, मारुनी नाच, ख्याली नाच, भूमे नाचले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । ‘रैथानेमा गर्व गरौँ’ भन्ने नाराका साथ परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बीउ संरक्षण गरी खेती विस्तारको नीति लिएको सरकारले पर्यापर्यटनलाई मगर संस्कृतिसँग जोडेर कार्यक्रम ल्याउने भएकामा यस क्षेत्रका मगर समुदाय खुसी भएका छन् ।

वि.सं.२०८० जेठ १७ बुधवार १३:०७ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...