back
NMB ad

बिहेको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिकासहित काकाको हत्या   

Kumari bank ad

चन्द्रौटा, १८ जेठ  । कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो ।

आज बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार गरिएको थियो । तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पताल लगिएको थियो । उनीहरू दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुले उनीहरूमाथि चक्कु प्रहार गरेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिनुभयो । चक्कु प्रहारपछि दुवैजना गम्भीर घाइते भएका थिए । बमबहादुरको जीतपुरमा उपचारका क्रममा र अञ्जनीको मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोहन र अञ्जनी विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । बिहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको बताइएको छ । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

वि.सं.२०८० जेठ १८ बिहीवार १३:४४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...