back
NMB ad

धुलोले आजित भएपछि स्थानीयद्वारा सडक अवरुद्ध   

Kumari bank ad

दमौली, १८ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारले गर्दा धुलाले समस्या भएको भन्दै तनहुँको सदरमुकाम दमौलीका स्थानीयले केही बेर सडक अवरुद्ध गरेका छन् । धुलोले दैनिक जनजीवन प्रभावित भएको र धुलो नियन्त्रणका लागि सम्बन्धित निकायले पहल नगरेको भन्दै स्थानीयले आज मुख्यसडकखण्ड केही बेर अवरुद्ध गरेका हुन् ।

धुलोका कारण स्वास्थ्यमा समस्या बढ्दै गएको र सम्बन्धित निकायले पानी हालेर धुलो नियन्त्रण नगरेका कारण बाध्य भएर केही बेर सडक अवरुद्ध गर्नुपरेको स्थानीय राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “विकास निर्माणका काममा धुलो उड्छ, तर त्यसलाई नियन्त्रणका लागि नियमित रुपमा पानी हाल्नुप¥यो, हामीले दबाब स्वरुप केही बेर सडक अवरुद्ध गरेका हौँ ।” नियमित रुपमा पानी हालिदिए धुलो नउड्ने र सर्वसाधारणलाई सहज हुने उहाँको भनाइ थियो ।

स्थानीय कृष्ण श्रेष्ठले नियमित रुपमा पानी हालेर धुलो नउड्ने वातावरण बनाउनुपर्ने र आफूहरुको माग सुनुवाइ नभए थप आन्दोलन गर्ने बताउनुभयो । राजमार्ग विस्तारको काम भइरहँदा तनहुँ खण्डका विभिन्न ठाउँमा धुलोले स्थानीय आजित छन् । धुलोका कारण राजमार्ग आसपासका सर्वसाधारण प्रत्यक्ष प्रभावित छन् । त्यसका अतिरिक्त हिँडडुल गर्ने सर्वसाधारण पनि समस्यामा पर्दै आएका छन् ।

यस्तै शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा धुलोले सर्वसाधारण आजित भएपछि विरोधमा उत्रिएका छन् । शुक्लागण्डकीअन्तर्गत खैरेनीटारदेखि कोत्रेसम्मको सडकखण्डमा बढी धुलो उडेर वातावरण दूषित भई स्थानीयको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि बाध्य भएर विरोध गर्नुपरेको सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शङ्कर पन्तले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा पनि यस विषयमा कुरा उठाउँदै आएका हाँै, केही समय माग सम्बोधन भए पनि पछि उस्तै समस्या आइरह्यो, धुलोले साह्रै मर्का परिरहेको छ ।” पन्तको नेतृत्वमा करिब ३० स्थानीय युवाले सडक निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) को ठेक्का पाएको चिनियाँ कम्पनीका प्रमुख चेन जुनताओ, सोही कम्पनीमा कार्यरत वातावरण इन्जिनियर शिव आशिष सिंखडा, इन्जिनियर मनोज भट्टसहित बसेको बैठकले धुलो नियन्त्रणका लागि नियमित पानी हाल्ने सहमति गरेको छ ।

काम गर्दा धुलो उड्न नदिन तथा नियन्त्रण गर्न कोत्रेदेखि खैरेनीटार कुम्लेखोलासम्म नियमित रुपमा तीन पानीका ट्याङ्करको व्यवस्था गरी बाटोमा पानी हालेर धुलो नियन्त्रण गर्ने सहमति भएको पन्तले जानकारी दिनुभयो । तीन ट्याङ्करले अपुग भएमा थप ट्याङ्करको समेत व्यवस्था निर्माण कम्पनीले गर्ने सहमति भएको छ ।

वि.सं.२०८० जेठ १८ बिहीवार १३:५८ मा प्रकाशित

You can share this post!

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा...

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४३

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १०...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...