back
NMB ad

चार दिन विद्यालय बन्द, यस्तो छ कारण   

Kumari bank ad

चितवन, १९ जेठ ।  जिल्लाका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

चितवनमा आजको अधिकतम तापक्रम ३९ डिग्री मापन गरिएको छ । सबै पालिकाले स्थानीय बिदा र वर्षे बिदाबाट कटौती हुने गरी पाँच दिन विद्यालय बन्द गरेका छन् । चार वटा पालिकाले आजदेखि जेठ २४ गतेसम्म विद्यालय बन्द गरेका हुन् । जेठ १९ गते स्थानीय बिदा र २१ गतेदेखि २४ गतेसम्म वर्षे बिदामा कट्टी हुनेगरी विद्यालय बन्द गरिएको पालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

रत्ननगर, खैरहनी, राप्ती र माडीले यसरी बिदा गरेका हुन् । भरतपुर महानगरपालिका र कालिका नगरपालिकाले जेठ २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गरेका हुन् । वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको ती पालिकाका शिक्षा शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।

खैरहनी नगरपालिकाले नियमित सञ्चालन भइरहेका परीक्षालाई भने यथावत सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिनुभयो । गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकाले विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ ।

वि.सं.२०८० जेठ १९ शुक्रवार २०:३६ मा प्रकाशित

You can share this post!

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....