back
NMB ad

आज २१ जेठ २०८० आइतवार, हेर्नुहोस् आजको राशिफल

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ, स्वस्थ प्रति सचेत रहनु होला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सोचेका काममा बिलम्ब हुनेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । पारिवारिक समस्यामा बढ्नसक्छ अतस् ध्यान दिनुपर्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज उन्नति प्रगतिको वातावरणमा समस्या आउला । पेसा वा व्यवसायका क्षेत्रमा व्यवधान आउन सक्छ, तर आफन्तको साथ भने मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कन्या

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० आज धार्मिक समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयर बजारमा गरेको लगानीले राम्रै साथ देला । छोटो यात्रा पनि हुन सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० जेठ २१ आइतवार ०६:१९ मा प्रकाशित

You can share this post!

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ १६ बुधवार १०:४१

काठमाडौं ।  भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने...

एनआइसी एशिया बैंकद्वारा कर्जा ग्राहकहरुलाई छुट सम्वन्धी योजना सार्वजनिक

एनआइसी एशिया बैंकद्वारा कर्जा ग्राहकहरुलाई छुट सम्वन्धी योजना सार्वजनिक

वि.सं.२०८१ जेठ १६ बुधवार १०:२१

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

बजेटमा भरतपुरका ठूला आयोजना समेटिए   

बजेटमा भरतपुरका ठूला आयोजना समेटिए   

वि.सं.२०८१ जेठ १६ बुधवार १०:१०

चितवन, १६ जेठ : देशकै विकासको नमूना पालिका बनाउन लागिएको...

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १६ बुधवार १०:०४

काठमाडौँ, १६ जेठ : आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै...

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने   

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०९:५४

काठमाडौँ, १६ जेठ : आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका...

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:५५

भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज...