back
NMB ad

नेपालमै पहिलो लक्षचण्डी रुद्र महायज्ञ हुने

Kumari bank ad

काठमाडौं, १० असोज । छिन्नमस्ता सखडा शक्ति–पीठ सप्तरीको आयोजनामा आगामी चैत्र १६ गतेदेखि श्री लक्षचण्डी रुद्र महायज्ञ हुने भएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त महायज्ञको बारेमा जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा पिठाधिश महाचन्द ठाकुरले उक्त महायज्ञ उच्चकोटिको महायज्ञको संज्ञा दिएको छ । जसमा नेपाल र भारत दुवै देशका शंकराचार्य, पीठाधीश, मठाधीश, सन्त, महन्थको सानिध्यमा ३५०० पंडितद्धारा सम्पन्न हुनेछ ।
आयोजकका अनुसार उक्त पीठमा सतचण्डी रुद्र महायज्ञ दुई पटक, सहसचण्डी रुद्र महायज्ञ र शिवशक्ति रुद्र महायज्ञ सम्पन्न भईसकेको छ ।
उनीहरुको अनुसार बालसन्त जगतगुरु मोहनशरण देवाचार्यजी महाराज तथा काशीपीठका स्वामी सुबोधानंद गिरीजी महाराजको विशिष्ट उपस्थितिमा तथा छिन्नमस्ता सखडा पिठाधिको संयोजकत्वमा राष्ट्रिय शान्ति रथयात्रा गर्ने निर्णय गरिएको हो ।
महायज्ञ सफलताको लागि दुर्गापाठ
आयोजकले उक्त लक्षचण्डी महायज्ञ राष्ट्र र समाजमा विद्यमान प्रतिकुलताहरुको निवारणका लागि भएको जनाएका छन् । त्यस्तै उक्त महायज्ञ शान्ति, समृद्धि र भाईचारको लागि भएको समेत बताईएको छ ।
उक्त महायज्ञको वाचन पंडित कुवेर सुवेदीले गर्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०७३ असोज १० सोमवार १८:०५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...