back
NMB ad

१६२ यात्रु बोकेको नेपाल एयरलाइन्सको विमानमा एक्कासी धुवाँ आएपछि…

Kumari bank ad

काठमाडौ । नयाँ दिल्लीबाट काठमाडौं उडान भरेको नेपाल वायु सेवा निगमको एयरबसमा एक्कासी धुवाँ आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

लुम्बिनी नामाकरण गरिएको एयरबस नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो । चालकदलका सदस्यसहित १ सय ६३ जना यात्रु रहेको विमानले १२ हजार ५ सय फिट उचाईमा उडान भर्दैगर्दा धुवाँ देखिएको थियो ।

लगतै चालकदलले ३ः२९ मा काठमाडौं टावरलाई सम्पर्क गरी जहाजमा धुवाँ देखिएकाले आकस्मिक अवतरणका लागि अनुमति मागेको एयर ट्राफिक कन्ट्रोलले बताएको छ । त्यसलगत्तै विमानलाई आकस्मिक अवतरण गराईएको थियो ।

निगमको यो जहाज आकस्मिक अवतरण गर्ने बेलामा फ्लाई दुवइको जहाज पनि अवतरण गर्नै लागेको थियो। तर विमानस्थलले त्यसलाई डाइभर्ट गरेर लखनउ पठाएको थियो। यहाँबाट उड्न ठिक परेको भुटान एयरलाइन्सको जहाजलाई केही बेर रोकाइएको थियो।

आइतबार पनि दुवईबाट आएको निगमको अर्को जहाज प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको थियो।
विमानमा रहेका सबै यात्रु सकुशल ओर्लिएका छन् भने जहाजमा कुनै आगजनीको खतरा नभएपछि जहाजलाई विमानस्थलको पार्किङ–वेमा राखिएको छ ।

प्रकाशित मितिः २०७३ असोज १० गते

वि.सं.२०७३ असोज १० सोमवार १८:१४ मा प्रकाशित

You can share this post!

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...