back
NMB ad

बैशाख महिनासम्म वाणिज्य बैंकहरुले कमाए ५७ अर्ब माथि, सबैभन्दा बढी कमाउनेमा नबिल बैंक

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०को वैशाखसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ बढी खुद नाफा कमाउन सफल भएका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा २१ वटा वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएका हुन्।

गत चैत मसान्तसम्म वाणिज्य बैंकहरुको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ थियो। यो हिसाबले वैशाखमा मात्रै वाणिज्य बैंकहरुले ८ अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

अघिल्लो वर्षको वैशाखमा भने वाणिज्य बैंकहरुको ५८ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। समीक्षा अवधिमा वाणिज्य बैंकहरुको नाफा २ प्रतिशतले घटेको छ।

वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले वैशाखसम्म सर्वाधिक नाफा कमाएको देखिन्छ। यो बैंकले ६ अर्ब १२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

धेरै नाफा कमाउने ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ। यो बैंकले ५ अर्ब ३४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी  एनआईसी एसिया बैंक तेस्रो स्थानमा रहेको छ। एनआईसी एसियाले ४ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। राष्ट्र वाणिज्य बैंकको नाफा पनि ४ अर्ब रुपैयाँ माथि नै रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३ अर्ब ८९ करोड रुपैयाँ छ।

त्यसैगरी, एनएमबि बैंकले, २ अर्ब ९६ करोड, प्राइम कमर्सियल बैंकले, २ अर्ब ७९ करोड, स्टान्डर्ड चार्टड बैंकले, २ अर्ब ७८ करोड, एभरेष्ट बैंकले २ अर्ब ७५ करोड, हिमालयन बैंकले २ अर्ब ६४ करोड, नेपाल बैंकले २ अर्ब ४६ करोड, प्रभु बैंकले २ अर्ब ३१ करोड रुपैंया नाफा कमाएको छ ।

त्यस्तै, नेपाल एसबिआई बैंकले २ अर्ब, सानिमा बैंकले १ अर्ब ९६ करोड, कुमारी बैंकले १ अर्ब ८१ करोड, सिद्धार्थ बैंकले १ अर्ब ७९ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ५६ करोड, लक्ष्मी बैंकले १ अर्ब ४६ करोड, सिटिजन बैंकले १ अर्ब ४३ करोड, सनराइज बैंकले १ अर्ब ३७ करोड रुपैंया नाफा आर्जन गरेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाखसम्म सबैभन्दा कम नाफा आर्जन गर्नेमा कृषि विकास बैंक रहेको छ। यो बैंकले वैशाखसम्म १ अर्ब २२ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ।

वि.सं.२०८० असार ४ सोमवार १३:५१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...