back
NMB ad

नेप्सेमा दुई कम्पनीको आईपीओ सूचिकृत, कुनको ओपनिङ रेञ्ज कति ?

Kumari bank ad

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मोदी इनर्जी लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ सूचिकृत भएको छ ।

नेप्सेमा मोदी इनर्जी लिमिटेडको २ करोड ९० लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ९२ रुपैंया ५७ पैसा देखि अधिकतम २७७ रुपैंया ७१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एमइएल’ रहेको छ ।

कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारी समेत) ७२ लाख ५० हजार कित्ता र संस्थापकहरूले लगानी गरेको २ करोड १७ लाख ५० हजार कित्ता गरेर कुल २ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

त्यसैगरी, रावा इनर्जी डेभलपमेन्टको २८ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ८३ रुपैंया १० पैसा देखि अधिकतम २४९ रुपैंया ३० पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘आरएडब्लुए’ रहेको छ ।

कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारी समेत) ८ लाख ४० हजार कित्ता र संस्थापकहरूले लगानी गरेको १९ लाख ६० हजार गरेर कुल २८ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

सूचिकृत पश्चात दुवै कम्पनीको सेयर भोली बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

वि.सं.२०८० असार १९ मंगलवार १२:४२ मा प्रकाशित

You can share this post!

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२०

काठमाडौँ, १ जेठः सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी...