back
NMB ad

वैदेशिक रोजगार प्राथमिकतामा– रोजगारमन्त्री गुरुङ

Kumari bank ad

ताप्लेजुङ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको ठगी, असुरक्षालाई न्यूनीकरण गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा परेको बताउनुभएको छ ।

पछिल्लो समयमा वैदेशिक रोजगारको क्षेत्रमा बढ्दै गएको विचलनले विदेश जानु अघि र विदेशमा पुगेपछि ठगी, असुरक्षा जस्ता कुरा बढ्दै गएकाले यसको न्यूनीकरणका लागि आफू गम्भीर भएको उहाँले बताउनुभयो ।

गृह जिल्ला ताप्लेजुङ आइपुग्नुभएका गुरुङले आज पाथीभरा क्षेत्र विकास समितिको नवनिर्मित भवनको उद्घाटन गर्दै वैदेशिक रोजगारमा जानेको सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गए पनि विप्रेषण घटेको आँकडा आउनु दुःखद भएको बताउनुभयो । वैदेशिक रोजगारसँग जोडिएका मेनपावर व्यवसायमा भएको विकृतिलाई प्रमुख चुनौतीका रुपमा लिएको र यसलाई हटाउन कुनै कसुर बाँकी नराख्ने उहाँको भनाइ छ ।

यस्तै बाहिर ‘फ्रि भिसा फ्रि टिकट’को कुरा गरेर रु दश हजारको रसिद काट्ने र टेबलमुनिबाट लाखौँ रुपैयाँ ठगी गर्ने गरेको गुनासो बारम्बार आउने गरेको उहाँको भनाइ छ । “यसलाई समाप्त पार्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्छौँ,” मन्त्री गुरुङले भन्नुभयो ।

प्रकाशितः २०७३ असोज १४

वि.सं.२०७३ असोज १४ शुक्रवार १६:१८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...