back
NMB ad

अर्थमन्त्रालयले एक इलाका एक व्यवसाय संचालन गर्ने

Kumari bank ad

भक्तपुर। अर्थमन्त्रालयले एक इलाका एक व्यवसाय संचालन गर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थ मन्त्रालयले एक इलाका एक व्यवसाय सञ्चालन गर्ने अभियान सुरु गर्न लागेको बताएका हुन् ।

भक्तपुरको बोडेमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली संघले संयुक्तरुपमा आयोजना गरेको दुई दिने नेपाली युवाको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले युवा उद्यमीलाई प्रोत्साहन गर्न सरकारले यस्तो कार्यक्रम ल्याउन लागेको बताए ।

उनले युवा उद्यमीलाई प्रोत्साहन गर्न रु एक अर्बको च्यालेन्ज फन्डको व्यवस्था गरेको बताउँदै देशभित्रै युवालाई परिचालित र प्रोत्साहित गर्न उपराष्ट्रपति युवा सशक्ति अभियान सञ्चालन गर्ने तयारीसमेत भएको बताए ।
देशका ठूला र निर्णायक युवा शक्ति विदेश पलायन भइरहेको औँल्याउँदै उनले देश समृद्धितर्फ लम्कन नसक्नुको एउटा कारण यही भएको जिकिर गर्नुभयो ।

सम्मेलनले स्वदेशभित्रै युवा परिचालनको दुष्टिकोण निर्माण गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री महराले विदेशमा गएकालाई पनि स्वदेशमै आकर्षित गर्ने र युवा पलायन रोकी उनीहरुलाई यही रोजगारी दिने कार्यक्रम सम्मेलनले तय गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति एवम् युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले देशमा १६ देखि ४० वर्षका एक करोड सात लाख युवाको जनसङ्ख्या रहेको चर्चा गर्दै सरकारले युवालाई उद्यमशील बनाउने नीति अघि सारेको बताए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल, गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष जीवा लामिछानेलगायतले देशको विकासका लागि युवाले गर्नुपर्ने भूमिका र कर्तव्यका बारेमा सम्मेलनमा बहस हुने अपेक्षा गरेका थिए ।

सम्मेलनमा ५० देशमा छरिएर रहेका ३०० नेपाली युवा सहभागी छन् ।

प्रकाशित मितिः २०७३ असोज १५

वि.सं.२०७३ असोज १६ आइतवार ०८:५२ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...