back
NMB ad

के तपाईसँग यो कम्पनीको सेयर छ ? जारी गर्दैछ ७६ प्रतिशत बोनस सेयर !

Kumari bank ad

काठमाण्डौं । हकप्रद र बोनस सेयर जारी गर्ने लहड चलिरहेको बेला तीन अन्य कम्पनीले करिब ७६ प्रतिशत बोनस सेयर जारी गरेका छन् भने एक कम्पनीले हकप्रद सेयर जारी गर्ने भएकोछ । यसरी बोनस सेयर जारी गर्नेमा मुक्तिनाथ विकास बैंक, ओमी माइक्रोफाइनान्स र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रहेका छन् ।

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले २० प्रतिशत लाभांस घोषणा गरेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेपछि साधारणसभाले अनुमोदन गर्नु पर्छ । त्यसपछि लगानीकर्ताले लाभांस पाउँछन् । बैंकले दुई लाख १० हजार रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांस घोषणा गरेको छ ।

त्यस्तै, ओमी माइक्रोफाइनान्स वित्तीय संस्थाले २१.११ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकले २० प्रतिशत वोनस सेयर प्रस्ताव गरेको छ । यसैगरी, सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत वोनस सेयर वितरण गर्ने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ ।

त्यस्तै, अरनिको डेभलपमेन्ट बैंकले ३६ प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकको हकप्रद पाउन असोज २८ गतेसम्म सेयर खरीद गरिसक्नु पर्छ ।

१६ असोज २०७३, १२।००

वि.सं.२०७३ असोज १६ आइतवार १४:१५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...