back
NMB ad

निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना   

Kumari bank ad

काठमाडौँ, ९ साउन ।  निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जनही रु १५ हजार जरिवाना गर्ने भएको छ ।

तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने एक हजार ३७ जना र प्रदेशसभातर्फका एक हजार तीन सय ९८ जनासमेत जम्मा दुई हजार चार सय ३५ जना उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम रु १५ हजारका दरले जरिवाना गर्ने निर्णय गरिएको अयोगले जनाएको छ ।

आयोगले आज विज्ञप्ति जारी गरी जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने तथा निर्वाचन खर्चको विवरण सात दिनभित्र पेश गर्न पुनः आदेश दिने पनि निर्णय जनाएको हो ।

साथै, जरिवानाबापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारलाई तत्काल हुने एक निर्वाचनमा भाग दिन नपाउने गरी रोक लगाउने र जरिवानाबापतको रकम सरकारी बाँकी सरह असुलउपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०८० साउन ९ मंगलवार २०:२२ मा प्रकाशित

You can share this post!

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

वि.सं.२०८१ जेठ १६ बुधवार ११:१०

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट...

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ १६ बुधवार ११:०२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ महँगिएको छ...

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ १६ बुधवार १०:४१

काठमाडौं ।  भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने...

एनआइसी एशिया बैंकद्वारा कर्जा ग्राहकहरुलाई छुट सम्वन्धी योजना सार्वजनिक

एनआइसी एशिया बैंकद्वारा कर्जा ग्राहकहरुलाई छुट सम्वन्धी योजना सार्वजनिक

वि.सं.२०८१ जेठ १६ बुधवार १०:२१

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

बजेटमा भरतपुरका ठूला आयोजना समेटिए   

बजेटमा भरतपुरका ठूला आयोजना समेटिए   

वि.सं.२०८१ जेठ १६ बुधवार १०:१०

चितवन, १६ जेठ : देशकै विकासको नमूना पालिका बनाउन लागिएको...

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १६ बुधवार १०:०४

काठमाडौँ, १६ जेठ : आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै...