back
NMB ad

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण   

Kumari bank ad

काठमाडौँ, १० साउन ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद हरि ढकालले सामुदायिक विद्यालयमा दिवा खाजा कटौती गरिएकामा आपत्ति जनाउनुभयो । दिवा खाजा कटौतीको प्रस्ताव फिर्ता नगरे रास्वपाले कडा निर्णय गर्ने दिन आउने उहाँको भनाइ थियो ।

सांसद रामहरि खतिवडाले नेपाललाई तस्करको स्वर्गभूमिका रुपमा स्थापित गर्न खोजेको पछिल्लो सुन प्रकरणबाट देखिएकाले यसको सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभयो । एउटा भरिया र चालकलाई पक्राउ गरेर दोषीलाई जोगाउन नहुने उहाँको भनाइ थियो ।

सांसद वीना जयसवालले तराई क्षेत्रमा खानेपानीको समस्या भएको उल्लेख गर्नुहुँदै पानीबिना छट्पटाइरहेकालाई केन्द्र र प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने बताउनुभयो । मधेसमा आपत आएका बेला यसको समाधान गर्न स्थानीय सरकारसँग माथिल्ला दुई तहका सरकारले पनि हातेमालो गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद राजेन्द्र बजगाइँले गोरुलगायत पशु अकालमा मरिरहेकामा कृषि मन्त्रीको ध्यान नगएकाले यस विषयमा काम गर्नुपर्नेमा जोड दिनुभयो । सांसद ठाकुर गैरेले पशुपतिनाथमा लगाइएको जलहरीको सुनको चर्चा संसद्मा चलाएर विमानस्थलमा सुन तस्करीको योजना बनेको आरोप लगाउनुभयो ।

वि.सं.२०८० साउन १० बुधवार १७:४८ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...