back
NMB ad

क्लासिक टेकले मनायो स्थापनाको चौधौं बार्षिकोत्सब

Kumari bank ad

काठमाडौं । देशकै अग्रणी तथा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले स्थापनाको चौधौं बार्षिकोत्सब मनाएको छ ।

१४ बर्षको यस व्यवसायिक यात्रामा महत्वपुर्ण योगदान पुर्याउने सम्र्पूण कर्मचारी, ग्राहक , प्राविधिक, व्यवस्थापन समुह, विभिन्न आपूर्तिकर्ता तथा सेवा प्रवाह कम्पनी, नियामक निकाय तथा यस कम्पनीलाई सहयोग, सद्भाव र मार्गदर्शन प्रदान गर्ने सम्पूर्ण सरकारी, गैर–सरकारी संघसंस्था, बिषयगत निकाय, सेवा प्रदायक तथा वीत्तिय संघसंस्थाहरुलाई हार्दिक धन्यवाद प्रदान गर्दै विगत बर्षहरु झैं आगामी दिनहरुमा पनि सोही प्रकारको सहयोग, सद्भाव, मार्गनिर्देशनको अपेक्षा गरेको छ।

सन् २००९ मा स्थापना भई सेवा शुरु गरेको यस कम्पनीले हाल देशभरिका ७४ जिल्लाहरुमा १०० वटाभन्दा बढी आउटलेट बाट सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले ग्राहकहरुको सुविधाको लागि आफनै सिडिएन सर्भर जडान गरि फेसबुक ,युट्युब , नेटफ्लिक्स , गूगल , अकमाई ,जस्ता सामाजिक संजालहरु मार्फत गुणस्तरीय तथा भरपर्दोसेवा प्रदान गर्ने गरेको छ ।

कम्पनीले विराटनगर र काठमाडौंमा डाटा ब्याकअप सेन्टर स्थापना गरेको छ । यसले छोटो अवधिमा अत्याधिक लोकप्रिय ईन्टरनेट सेवा प्रदान गर्न सफल भएको छ । त्यस्तै कम्पनीको सेवा विस्तारको माध्यम बाट दुर्गम ग्रामीण ईलाकामा पनि सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको व्यहोरा अवगत गराउन चाहन्छौं । यस प्रकारको सेवा प्रवाहबाट सेवाग्राहीहरुलाई आवश्यकिय ईन्टरनेट सेवा प्रदान गर्दै कम्पनीमा कार्यरत प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको सिर्जना र राजस्व मार्फत देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सहयोग गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको छ ।

यस यात्रामा कम्पनीले समय समयमा अत्याधुनिक नवीन प्रविधीहरु भित्र्याउदै आईरहेको छ । डुअल ब्याण्ड राउटर र आइपीटिभी जस्ता प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको छ । कम्पनीको १४ औं बार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३०० ःदउक ईन्टरनेट प्लानहरु अत्याधिक छुटमा वितरण गरिदैं आईरहिएको जानकारी गराएको छ ।

कम्पनीको सेवा सम्बन्धि थप जानकारीको लागि ९८०१००४४७७ मा सम्पर्क गर्न भनेको छ ।

वि.सं.२०८० साउन १२ शुक्रवार १२:०२ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...