back
NMB ad

तेह्रथुम पावरको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

Kumari bank ad

काठमाडौं । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त भएको छ।

तेह्रथुम पावरको सञ्चालक समितिको निर्णयबमोजिम नबिल इन्भेस्टमेन्ट बैंकिङलाई हकप्रद सेयर बिक्री प्रबन्धमा नियुक्त गरिएको हो। यससम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मोहनकुमार डाँगी र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीबीच हस्ताक्षर सम्पन्न भएको छ।

तेहूथुम पावरले आफ्ना सेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा हकप्रद सेयर जारी गर्ने भएको छ।

तेह्रथुम पावर कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत बि.सं. २०६६ स्थापना भई बि.सं २०७५ असारमा प्राईभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनी भएको हो । ७.५ मेगावाट विद्युत उत्पादन क्षमताको यस कम्पनीको विद्युत खरिद सम्बन्धि सम्झौता २०७३ साल कार्तिक महिनामा नेपाल विद्युत प्राधिकरणसंग भएको थियो ।

उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले तेह्रथुम पावर कम्पनी लिमिटेड सर्वसाधारणमा हकप्रथ शेयर निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

वि.सं.२०८० साउन १२ शुक्रवार १४:४९ मा प्रकाशित

You can share this post!

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४८

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही...

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ, बसुन्धरा...

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:३१

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई...