back
NMB ad

कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?   

Kumari bank ad

बेदकोट, १८ साउन ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।

केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताउनुभयो । “जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ ।”

कोरोनाका समयमा निर्माण सुरु गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन उक्त भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार भवनमा सिलिङ हालिएको छ भने प्लास्टरलगायतको काम बाँकी छ ।

“न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ”, कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भन्नुभयो, “भुइँमा पनि ठूलाठूला ढुङ्गा मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ ।” हावाले उढाएको जस्ता फेर्न स्थानीय तहले आनाकानी गरेपछि स्थानीय बासिन्दा जुटेर विद्यालयको छाना निर्माण गर्न थालेका छन् ।

पठनपाठनमा निकै समस्या हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएपछि श्रमदानमा विद्यालयको छाना निर्माण गर्ने काम भइरहेको प्रधानाध्यापक विष्टले बताउनुभयो । विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएको जानकारी दिँदै उहाँले यसरी अव्यवस्थित तरिकाले पठनपाठन गराउँदा दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहाँका अनुसार वर्षात्का समयमा खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ ।

“खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने ?” विद्यार्थी वर्षा ओडले भन्नुभयो, “विद्यालयको पर्खाल नहुँदा ससाना विद्यार्थी खेल्दाखेल्दै खोलामा खस्ने डर छ ।”

नजिकै राष्ट्रिय निकुञ्ज हुनाले वन्यजन्तु पनि विद्यालय परिसरमा भित्रिन सक्ने सम्भावना रहेकाले पर्खाल निर्माण गर्नु आवश्यक रहेको प्रधानाध्यापक विष्टले बताउनुभयो । “विद्यालयमा शिक्षक पनि कम छौँ, ससाना विद्यार्थी नजिक रहेको खोलामा खसेर डुब्ने जोखिम छ”, उहाँले भन्नुभयो, “खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको छ ।”

वि.सं.२०८० साउन १८ बिहीवार १३:०१ मा प्रकाशित

You can share this post!

प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा विशेष छुट

वि.सं.२०८१ जेठ २२ मंगलवार १६:५९

कुश्मा । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रा.लि.साथै,...

सरकारले ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री   

सरकारले ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २२ मंगलवार १६:४७

कमलकुमार बस्नेत सङ्खुवासभा, २२ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा...

एमसिसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट   

एमसिसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट   

वि.सं.२०८१ जेठ २२ मंगलवार १६:२३

काठमाडौँ, २२ जेठ : नेपालको भ्रमणमा रहनुभएका मिलेनियम च्यालेन्ज कर्पोरेसन...

सेयर बजारमा सुधार आउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार आउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ २२ मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ २२ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

महिला मन्त्रालयलाई कम महत्व दिनु गैरजिम्मेवार : मन्त्री चौधरी   

महिला मन्त्रालयलाई कम महत्व दिनु गैरजिम्मेवार : मन्त्री चौधरी   

वि.सं.२०८१ जेठ २२ मंगलवार १४:३८

राज्यको अर्थतन्त्रले भविष्य कस्तो बनाउने खाका निर्धारण गर्छ । अर्थमन्त्री...