back
NMB ad

सिनर्जी पावरको हकप्रद सेयर निष्काशन मिति परिवर्तन, अब कहिलेदेखि खुल्छ ?

Kumari bank ad

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर जारी गर्ने मिति सारेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै आउँदो भदौ ३ गतेबाट हकप्रद सेयर बिक्री खुला गरिने जानकारी गराएको हो। यो हकप्रदमा अब सेयरधनीहरुले भदौ २४ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।

यसअघि कम्पनीले यही साउन २५ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गर्ने सूचना जारी गरेको थियो। जसअनुसार भदौ १३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।

कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। हकप्रद सेयर बिक्रीपछि सिनर्जी पावरको चुक्तापुँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुग्नेछ।

सेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन खरिद आवेदन दिन सकिनेछ। सिनर्जी पवारको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

वि.सं.२०८० साउन १८ बिहीवार १३:३३ मा प्रकाशित

You can share this post!

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:५५

भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज...

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:३०

कर्णाली, १६ जेठः सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ...

यी वस्तुमा लगाएको कर घट्यो   

यी वस्तुमा लगाएको कर घट्यो   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:१९

काठमाडौँ : सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा...

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:११

काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको...

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...