back
NMB ad

बेष्ट फाइनान्सको नाफामा पहिरो, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार फाइनान्सले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.८७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३.३७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १०.९९ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्सको कुल सञ्चालन आम्दानी १५.९४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७३.३४ प्रतिशत घटेको छ। फाइनान्सको निष्क्रिय कर्जा २.२४ प्रतिशतबाट बढेर ३.३ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

समिक्षा अवधिसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६५ पैसा घटेर ४ रुपैयाँ ५२ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ७८.०३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७१ पैसा रहेको छ।

८५ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा ३३ करोड ९४ लाख रुपैयाँ रहेको छ।

वि.सं.२०८० साउन १९ शुक्रवार १०:५५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...